विदुर, नुवाकोट / जिल्ला प्रहरी कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार देउरालीबाट त्रिशुली आउंदै गरेको बस दुर्घटनामा घाइते हुनेको संख्या ४७ पुगेको छ ।
गम्भीर ८ घाइतेलाई थप उपचारको लागि काठमाडौँ ग्रीनसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभएको छ ।
अन्य सामान्य घाइतेहरूको त्रिशुली अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
प्रतिक्रिया