विदुर/ नुवाकोटको विदुर नगरपालिका-९ स्थित लामाटार चौतारामा यात्रुबाहक बस दुर्घटना परि २५ घाइते भएको छ ।
जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको अनुसार देउराली बुङताङबाट त्रिशुली आउंदै गरेको पासाङल्हामु यातायातको बा २ ख २८०४ नम्बरको यात्रुबाहक बसले विपरित दिसाबाट आएको मिनी टाटालाई साइड दिने क्रममा माटो भासिएर सडकदेखि ४० मिटर तल खस्न पुगी दुर्घटना भएको हो ।
दुर्घटनामा परि २५ जना घाईते भएको र गम्भीर घाइते हुनेलाई काठमाण्डौ लगिएको अन्य घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बसका चालक र सहचालक दुवै घाइते भएको पासाङल्हामु यातायात समितिका अध्यक्ष कुलबहादुर खड्गीले जानकारी दिनुभएको छ । बस पूर्ण रुपले क्षति भएको अध्यक्ष खड्गीले बताउनुभयो।
अन्य घाइतेहरुको भने पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घाईते हुनेको नामावली
१) नुवाकोट देउराली, प्रेम सिङ तामाङ वर्ष ६०- गम्भीर घाईते
२) नुवाकोट देउराली, ज्ञानबहादुर तामाङ वर्ष ५९ – गम्भीर घाईते
३) नुवाकोट देउराली, चोकनी तामाङ वर्ष ६१ – गम्भीर घाईते
४) नुवाकोट देउराली, टिकामाया तामाङ वर्ष २८ – घाईते
५) नुवाकोट देउराली, ईसाइन तामाङ वर्ष ३ – गम्भीर घाइते
६) नुवाकोट देउराली, रिजम तामाङ वर्ष २८ – घाईते
७) नुवाकोट देउराली, होम बहादुर तामाङ वर्ष ५८ – घाईते
८) नुवाकोट देउराली, रिता तामाङ वर्ष २१ – घाईते
९) नुवाकोट देउराली, लेसांङ तामाङ वर्ष ६० – घाईते
प्रतिक्रिया