sujim bazar advert

दर्ता विना नै सैलुन संचालनमा

    साउन २८, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

hair salon nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर/नुवाकोट र रसुवाका विभिन्न बजार क्षेत्रमा नाङ्ला तथा ठेलामा व्यापार गर्दै आएका साना व्यवसायी राज्यको नीति र नियमअनुसार कर तिर्न बाध्य छन् । सडकका पेटीमा सामान्य व्यवसाय गर्दै आएका अति साना व्यवसायी पनि करको दायरामा छन् तर वर्षौदेखि सञ्चालनमा रहेका दर्जनौ कपाल काट्ने सैलुन न राज्यका कुनै निकायमा दर्ता भएका छन् र सरकारले निर्धारण गरेको करको दायराभित्र नै छन् ।

राज्य निकायले पटकपटक नुवाकोट, रसुवाको बजार अनुगमन गरे पनि सैलुनको कहिल्यै अनुगमन गरेको छैन । व्यवसाय सञ्चालन गर्ने जो सुकैलाई पनि राज्यको नीति नियम समान हुनुपर्ने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभयो । कुनै पनि व्यवसाय सञ्चालनका लागि राज्यको कानुनी प्रावधान छ, यो ठुला साना व्यापारी दुवैमा लागु हुन्छ, हामीले संघमा दर्ता भए नभएका सबै व्यवसायको अनुगमन गर्छौ तर सैलुन व्यवसायी करको दायरामा छैनन् ।

व्यवसाय सञ्चालनका लागि जिल्लास्थित घरेलु तथा साना उद्योग वाणिज्य संघमा दर्ता गर्नुपर्ने हुन्छ । सो बाहेक आन्तरिक राजस्व कार्यालयबाट व्यावसायिक स्थायी लेखा नम्बर(पान) दर्ता गराएर मात्र व्यवसाय सञ्चालन गर्न पाउने प्रावधान छ । जिल्लामा सैलुन सञ्चालन गर्ने प्रायः भारतीय मुलुकका नागरिक भएका र भारतीय नागरिकलाई व्यवसाय दर्ता गर्न कानुनी प्रावधान स्पष्ट नभएको घरेलु तथा साना उद्योग विकास समितिका बद्री अर्यालले बताउनुभयो । राज्यको स्पष्ट नीति नहुँदा खुलेआम कर छलेर व्यवसाय गर्नेलाई कानुनी कारबाही हुन नसकेको अर्यालले बताउनुभयो ।

सैलुनबाट दिइने सेवाले आर्थिकदेखि मानव स्वास्थ्यसम्म सरोकार राख्ने भएकाले उचित व्यवस्थापन हुनुपर्ने उद्योगी व्यवसायीले बताएका छन् । बजारमा सामान्य व्यवसाय गर्नेभन्दा सैलुन व्यवसायीले मनग्य आम्दानी गर्दै आएका छन् तर कुनै पनि सरकारी निकायसँग समन्वय नगरी मनपरी व्यवसाय गर्दैआएका छन् । व्यवसाय सानो होस् या ठुलो, स्वदेशीले गरोस् या विदेशी जे भए पनि राज्यको नीति र नियमभित्र रहेर सञ्चालन गर्नुपर्नै बताउँदै सवैलाई समान कानुनी प्रावधान बनाउनुपर्ने सरोकारवालाले माग गरेका छन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top