+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षक परीक्षामा साढे २ हजारको आवेदन

डबली खबर
७ साल अगाडी

विदुर, नुवाकोट / शिक्षक सेवा आयोगको परिक्षामा सामेल हुन नुवाकोटबाट साढे २ हजारले आवेदन दिएका छन् ।

Manda Kumar Thapaआगामी असोज ११, १२ र १३ गते हुने परिक्षामा नुवाकोटबाट २ हजार ६ सय ३२ जनाले आवेदन दिएको शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका प्रमुख मदनकुमार थापाले जानकारी दिनुभयो। प्राथमिक शिक्षकको लागि खुला ६९, महिला १८, दलित महिला १, जनजाती १५, दलित ५, पिछडिएको क्षेत्र २, अपांगता भएका ब्यक्तिको लागी ३ र मधेसी १२ गरी एक सय २५ कोटाका लागी खोलिएको आबेदनमा एक हजार ६ सय ४७ आवेदन परेको प्रमुख थापाले जानकारी दिनुभयो ।

यस्तै, निम्न माध्यामिक तहको सामाजिक विषयमा २ सय २७, नेपालीमा २ सय ६, गणितमा ८०, गणित विज्ञानमा १५, अंग्रेजीमा एक सय १६ जना र विज्ञान विषयमा १८ जनाको आवेदन परेको कार्यालयले जनाएको छ ।

यस्तै, माध्यामिक तहको परिक्षाको लागि नेपाली विषयमा ६९, सामाजिक विषयमा एकसय १८, स्वास्थ्य जनसंख्या वातावरणमा ९, स्वास्थ्य शारिरीकमा १ जनाको आवेदन परेको शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले जनाएको छ । अर्थशास्त्रमा १२, लेखामा २०, विज्ञानमा १७, गणितमा २७ जना र अंग्रेजीमा ६० जनाको आवेदन परेको र कार्यालयले आवेदन फारमबाट करिव ३४ लाख रुपैयाँ राजश्व संकलन गरेको कार्यलयका प्रमुख थापाले बताउनुभएको छ । कार्यालयले आगामी असोज ११ गते माध्यामिक शिक्षक, १२ गते निम्न माध्यामिक शिक्षक र १३ गते प्राथमिक शिक्षकको परिक्षा हुने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ