२०८१, १३ बैशाख बिहीबार

मालपोत अनलाईन प्रणालीमा, ध्यान दिनुपर्ने कुराहरु सहित

    श्रावण २७ २०७५ १९:०४

Kick Off Online Service Land Revenue Office Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट/ भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एकपछि अर्को गर्दै मालपोत कार्यालयलाई अनलाईन प्रणालीमा लैजान सुरु गरेको छ। आजदेखि मालपोत कार्यालय नुवाकोटले पनि आफ्नो सेवालाई अनलाईन मार्फत संचालनमा ल्याएको छ ।

अनलाइन सेवाको आरम्भ गर्दै जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष सन्तमान तामाङले अनलाइन सेवाले प्रशासनिक कार्यको असुविधालाई न्यूनीकरण गर्ने बताउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक मुक्ति आचार्यले सेवाग्राहीले अनलाइनबाट सम्पूर्ण कार्य गर्न सकिने र सो कार्यको जानकारी लिन घरमै बसी लिन सकिने बताउनु भयो ।

तीन वर्ष अघि काठमाडौंको कलंकी मालपोत कार्यालयबाट सुरु गरिएको अनलाईन प्रणाली अहिले नुवाकोट सहित २८ वटा मालपोत कार्यालयमा सुरु भएको छ । कामलाई छिटो छरितो र प्रभावकारी बनाउन सुरु गरिएको अनलाईन प्रणाली पूर्णरुपमा भने सुरु गरिएको छैन। अनलाईन प्रणालीमा जग्गा पास गरेपनि अफलाईन रेकर्ड पनि राख्ने गरिएको र कार्यालयको सिस्टम (कम्प्युटर) मा मात्र चल्ने व्यवस्था रहेको सूचना प्रविधि निर्देशक रामदत्त भट्ट बताउनुभयो । पूर्ण रुपमा अनलाईनमा ल्याउन अझै वर्षदिन लाग्ने निर्देशक भट्टले जानकारी दिनुभयो ।

कार्यालयले अनलाइन सेवाबाट बिचौलिया र दलाली पनि अन्त्य हुने विश्वास लिईएको मालपोत कार्यालय प्रमुख बुद्धिलाल श्रेष्ठले बताउनुभयो ।

मालपोत कार्यालयको वेबसाइट

http://nuwakot.dolrm.gov.np/office/51

https://lrims.dolrm.gov.np

अनलाईन कारोबार गर्दा ध्यान दिनुपर्ने कुराहरु

  • क्रेता बिक्रेता (लिने-दिने), साक्षीहरु, अ.वा. लिने व्यक्ति, बैंक प्रतिनिधि आदि सम्पूर्ण व्यक्तिहरु सक्कलै नागरिकता लिई स्वयं उपस्थित हुन अनिवार्य छ ।
  • उक्त व्यक्तिहरुको फोटो र औंठा छाप पहिला नै लिई सकेको अवस्थामा समेत रुजुको लागि व्यक्ति स्वयं अनिवार्य उपस्थित हुनु पर्नेछ ।
  • औंठा छाप लिनु पर्ने/रुजु गर्नु पर्ने व्यक्तिहरुको औलाहरु कालो मसी/मेहन्दी नलागेको सफा हुनु पर्छ अन्यथा ल्याप्चे लिंदा समस्या आउन सक्छ ।
  • लिखतमा क्रेता र बिक्रेताको सम्पर्क नं. (मोबाईल नं.) अनिवार्य उल्लेख गर्नु पर्नेछ ।
  • बैंकको रोक्का/फुकुवा भएमा बैंक प्रतिनिधि अनिवार्य रुपमा नागरिकता लिई उपस्थित हुनुपर्नेछ ।
  • घर समेत जग्गा पारित वा धितो पारित हो भने अनिवार्य रुपमा पहिल्यै घर कायम गराउनु पर्नेछ ।
  • एकभन्दा बढी कित्ताको कारोबार भएमा प्रत्येक कित्ताको थैली रकम छुट्टा छुट्टै उल्लेख हुनु पर्नेछ ।
  • कि.का. गर्दा जग्गाको क्षेत्रफल घटबढ (नरघटी) भएमा पहिला घटबढ क्षेत्रफल कायम गरेर मात्र लिखत पारित गराउनु पर्नेछ ।
  • पुनश्च: अनलाइन सेवाले साविकमा रहेको कुनै पनि सेवा, सुविधा कटौती गरेको छैन, मात्र नेपाल सरकारले जारी गरेको घर जग्गा पास सम्बन्धी नियमहरुलाई नियम सम्बद्ध रुपमा लागु गरेको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top