+
Search

ताजा अपडेट +

पपुलर +

पौडी खेल्नेक्रममा एक युवाको मृत्यु

death body
डबली खबर
७ साल अगाडी

विदुर / गत बिहिबारदेखि तादी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता दुप्चेश्वर गाउँपालिकाका-७ शिखरबेंसीका तोरणबहादुर पण्डितको छोरा अन्दाजी १८ वर्ष राम पण्डितको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

काठमाण्डौबाट झिकाईएको उद्धारटोलि र स्थानीय चेकपोस्टको संयुक्त टोलिले मृतक पण्डितको शवलाई खोलामा दबिएको अवस्थाबाट पौडी खेलेको स्थानबाट बाहिर निकालिएको हो ।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ