बिदुर । नुवाकोट निर्माण व्यवसायी संघको आठौं जिल्ला अधिवेशन आगामी भदौ ३० र ३१ गते विदुरमा हुने भएको छ ।
संघको शुक्रबार बसेको बैठकले अधिवेशन मिति तय गर्दे आफ्ना सदस्यहरुलाई साउन २५ गतेभित्र सदस्यता नविकरणका लागि आव्हान समेत गरेको छ ।
अधिवेशनबाट अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, उप-महासचिव, सचिव, सह-सचिव, कोषाध्यक्ष, सह-कोषाध्यक्ष र एक महिलासहित ९ जना सदस्य लगायतको कार्यसमिति चयन हुनेछ ।
यसअघि भरत खड्का, ध्रुव श्रेष्ठ, फैसिङ तामाङले अध्यक्षको रुपमा र कृष्णचन्द्र कँडेलले कार्यबाहक अध्यक्षको रुपमा संघको नेतृत्व गरिसकेका छन् भने हाल सातौं अधिवेशनबाट निर्वाचित अध्यक्ष सुमन अधिकारीको नेतृत्व रहेको छ।
प्रतिक्रिया