२०८१, १४ बैशाख शुक्रबार

वनदेवी मन्दिरमा सरसफाई, पुन:र्निर्माणका लागि थप आर्थिक सहयोग

    श्रावण १९ २०७५ १६:१०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / विदुर नगरपालिका-२ मा रहेको वनदेवी मन्दिरमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

Personal Website Development @5000.00

भैरवी मन्दिर, जालपादेवी मन्दिर र वनदेवी मन्दिर दिदीबहिनी हुन । भूकम्पले क्षति पुर्याएको र जीर्णोद्धार नहुदाँ मन्दिर परिसरका पाटीहरु ढलेका थिए । वनदेवी मन्दिर हाम्रो सम्पदाले आयोजना गरेको मन्दिर हाता सरसफाई र भग्नावशेषको रुपमा रहेको पाटीका सामग्रीहरुलाई हटाई सुरक्षितस्थानमा राख्ने कार्य भएको समितिले जनाएको छ ।

सदरमुकामको काखैमा रहेको मन्दिर जिर्ण हुदाँ पनि कुनै पनि निकायबाट संरक्षणको पहल नभएकाले नागरिकको अगुवाईमा समितिले मन्दिर पुनर्निर्माण र संरक्षणको लागि विदुर नगरपालिका-२ का वडाध्यक्ष विरेन्द्रकुमार शाही, मैथली ब्यारेकका ५० जना जवान, समितिका पदाधिकारी, विदुर सिटी युथ क्लबका प्रतिनिधि, नागरिक अगुवाई, स्थानीय लगायतबाट सरसफाई भएको समितिका अध्यक्ष ठाकुरप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्दिर संरक्षणको लागि मन्दिर संरचना निर्माण, पाटी निर्माण, खानेपानी योजना, प्रवेशद्वार निर्माण, मन्दिर जाने पैदलमार्ग सुधार, भौतिक सुविधा लगायतका गुरुयोजना रहेको समितका कोषाध्यक्ष सविन राजभण्डारीले बताउनुभयो । मन्दिरको सचिवालयको रुपमा विदुर सिटी युथ क्लबले कार्य गर्दै आइरहेको राजभण्डारीले बताउनुभयो ।

दशकौंदेखि वनदेवी मन्दिरमा वार्षिक रुपमा पुजापाठ, पानीको व्यवस्था तथा व्यारेकले रेखदेख गर्दै आइरहेको र पछिका दिनमा पनि संस्कृति सम्पदा संरक्षणमा सहयोग गर्ने मैथली ब्यारेक त्रिशुलीका सहायक सेनानी अर्जुन थापाले बताउनुभयो ।

मन्दिर पुनर्निर्माणको लागि थप आर्थिक सहयोग

आज शनिबार बसेको वनदेवी मन्दिर हाम्रो सम्पदाको नागरिक बैठकबाट आर्थिक सहयोगको जुटेको छ ।

समितिका अध्यक्ष ठाकुरप्रसाद खतिवडाबाट ५१ बोरा सिमेन्ट, उपाध्यक्ष राजनमान श्रेष्ठबाट मन्दिर मुकुटको लागि रु.५०,००० बरावरकोको सहयोग, सदस्य नारायणमान श्रेष्ठबाट मूल प्रवेशद्वार निर्माणको लागि रु.१,००,००० बरावरको सहयोग, उद्दवप्रसाद थपलिया तथा रेखा भण्डारी थपलियाबाट मन्दिर निर्माणको लागि आवश्यक निर्माण सामग्री बालुवा, बोल्डर ढुंगा, ग्राभिल, ढुवानी र आवश्यक उपकरण रु. २,५०,०००, रामशरण अधिकारीबाट फलाम वेल्डिंङ सम्बन्धि कार्यको सम्पूर्ण पारिश्रमिक बापत रु १,७५,००० बराबरको सहयोगको प्रतिबद्धता जनाएको समितिका कोषाध्यक्ष सविन राजभण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top