२०८१, २४ बैशाख सोमबार

एकिकृत सम्पत्ति करमा बढाएको वृद्धि फिर्ता लिन माग: नेपाली काँग्रेस

    श्रावण १५ २०७५ १८:१०

nepali congress nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / नेपाली काँग्रेसले नुवाकोटले पनि सरकारले बढाएको सम्पत्ति कर फिर्ता लिनको लागि विरोधसभा गरेको छ ।

नेपाली काँग्रेसको पार्टी कार्यालय विदुरबाट सुरु भई बट्टार बजारमा गएर जुलुस कोणसभामा गरी समापन भएको थियो ।

विरोधसभामा नेपाली काँग्रेसका जिल्ला सभापति जगदिशनरसिंह केसीले नुवाकोटका स्थानीयतहले जनताको क्षमताभन्दा बढी करको दायरा बढाएकोमा फिर्ता लिनको लागि आग्रह गर्नुभएको छ। नेपाली काँग्रेसको अगाडी कोही पनि टिक्न नसक्ने भन्दै एकिकृत सम्पत्तिमा लगाइएको कर वृद्दि फिर्ता नगरेसम्म नेपाली काँग्रेसले आन्दोलन जारी राख्ने बताउनुभयो ।

विरोधसभामा नेपाली काँग्रेस नुवाकोटका उपसभापति लक्ष्मण थापा, प्रदेशसभा सदस्य कल्पना नेपाली, सचिव सुरेन्द्रराज अधिकारी, नेता रमेशकुमार महत, राजन श्रेष्ठ, गीता अमात्य, मोहन खड्का, भातृसंगठनका सदस्य लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top