२०८१, १४ बैशाख शुक्रबार

विधागत तथा खोजमूलक पत्रकारितामा लाग्नुपर्ने अध्यक्ष खनालको भनाई

    श्रावण १५ २०७५ १५:१२

nuwakot journalist
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/ नुवाकोट जिल्लामा पत्रकारिता क्षेत्रमा भर्खरै लाग्दै गरेका पत्रकारहरुले बैठकको थालनी गरेको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालको प्रमुख आतिथ्यमा भएको बैठकमा नुवाकोट जिल्लामा विधागत तथा खोजमूलक पत्रकारिता, स्रोत र साधन पर्याप्त रुपमा रहेकाले सशक्त र मर्यादित ढंगले पत्रकारितामा कलम चलाउनुपर्ने बताउनुभयो । बैठकमा नुवाकोटका मिडिया हाउस र पेशागत पत्रकारको विगत र वर्तमानको चर्चा अध्यक्ष खनालले गर्नुभएको थियो ।

कार्यक्रममा रेडियो संजीवनीका स्टेशन म्यानेजर गमला लामाले पेशामा अवसर र चुनौती दुवै रहेकाले संयमित भएर पेशामा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले बैठकलाई नियमित तथा प्रस्तुतीकरण आदानप्रदान कार्यलाई नियमित संचालन गर्नुपर्ने माग अध्यक्षमाझ राखेका थिए । त्यस्तै, बैठकमा समाचार संकलन, विधागत क्षेत्रको चुनौती, पत्रकारिता पेशामा लाग्दा भए गरेका समस्या लगायतको विषयमा छलफल भएको छ ।

कार्यक्रममा डबलीखबर डटकम, विदुरखबर डटकम, रेडियो संजीवनी, टिभी त्रिशुली र रेडियो गोसाइँकुण्डमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top