विदुर/ विदुर नगरपालिकाले बढाएको एकिकृत सम्पत्ति करको विरोधमा आज नेपाली कांग्रेस नुवाकोटले कार्यक्रम गर्ने भएको छ ।
सरकारकाे मूल्यवृद्दि, महंगी र भष्टाचार, कम्युनिष्ट सर्वसत्तावाद, कार्यकर्तामाथि भएकाे लाठिचार्ज र दमन, कर वृद्दि र न्यायालय, प्रशासन, शिक्षा, स्वास्थ्यका क्षेत्रमा भएकाे कम्युनिष्टकरणकाे विराेधमा नेपाली काँग्रेसले विरोध कार्यक्रम गर्न लागेको नेपाली काँग्रेस नुवाकोटका सभापती जगदिश्वरनरसिंह के.सी.ले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस नुवाकोटले गत हप्ता विदुर नगरपालिकाका नगरप्रमुख सन्जु पण्डितलाई ज्ञापनपत्र बुझाउने क्रममा भातृसंगठनका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा ९ कार्यकर्ता, ३ प्रहरी, नगरपालिका र कर्मचारीको सवारीसाधन ७ र कार्यालय भवनको झ्यालका सिसा तोडफोड भएको थियो। साथै नेपाली विद्यार्थी संघका ३ कार्यकर्तालाई तोडफोड गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले ६ घण्टा हिरासतमा लिईएको थियो ।
यो पनि पढ्नुहोस्,
- नेविसंघका कार्यकर्ता रिहा, नुवाकोट बन्द फिर्ता (भिडियो)
- नेविसंघका कार्यकर्ता पक्राउ
- काँग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, विदुर नगरपालिकाको कार्यालयमा तोडफोड (भिडियो)

प्रतिक्रिया