२०८१, २४ बैशाख सोमबार

एकिकृत सम्पत्ति कर संशोधन हुने सङ्केत

    श्रावण १४ २०७५ २२:३०

Gita Kumari Dahal Bidur Municipality Office Co-Mayor
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/विदुर नगरपालिकाले बढाएको एकिकृत सम्पत्ति करलाई नागरिकको चाहाना अनुरुप संशोधन हुने सङ्केत गरेको छ ।

नगरबासीले विरोध जनाएपछि लगाएको एकिकृत सम्पत्ति करको विषयमा संशोधन गर्न सकिने सङ्केत विदुर नगरपालिकाका उपप्रमुख तथा राजश्व समितिका संयोजक गीता दाहालले बताउनुभएको छ । ग्रामीण भेगका केही जनता मर्कामा परेको स्वीकार गर्दै नागरिकलाई नगर विकासमा कार्यमा लाग्न र जिम्मेवार नागरिक बनाउन मात्र करको दायरा बढाएको दाहालले बताउनुभयो । नागरिकले तिरेको कर सम्वृद्ध नगर विकासका लागि हो भन्ने बुझाई सबैमा हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

एकिकृत सम्पत्ति करको विरोधमा आज प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नुवाकोटले कार्यक्रम गर्दैछ । त्यस्तै, एकिकृत सम्पत्ति कर तत्काल फिर्ता लिन विप्लव माओवादी नुवाकोटले पनि स्थानीयतहलाई आग्रह गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top