२०८१, १३ बैशाख बिहीबार

करिब १८ लाख राजस्व संकलन

    श्रावण १४ २०७५ २०:१४

District Post Office Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/जिल्ला हुलाक कार्यालय नुवाकोटले आ.व. २०७४/०७५ मा कुल १७ लाख ९० हजार ८ सय २० रुपैयाँ राजश्व संकलन गरेको छ ।

टिकट बिक्रि मार्फत सबैभन्दा बढी ९ लाख ९४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको कार्यालयका निमित्त प्रमुख गोपाल अधिकारीकाले जानकारी दिनुभयो । कार्यालयले रेडियो र केबल टेलिभिजन नविकरणबाट ९८ हजार ८ सय ७० र रुपैया नविकरण शुल्क उठेको निप्रमुख अधिकारीले बताउनुभयो ।

त्यस्तै रेडियो र केबल टेलिभिजनबाट २ लाख ८२ हजार २ सय ५७, लोकसेवा आयोगको सेवा शुल्कबाट २ लाख ६३ हजार २ सय, भन्सार शुल्कबाट ३८ हजार ४ सय ७४, अटोमेसिन शुल्कबाट ८४ हजार ५ सय ४४ र टेलिसेन्टर सेवामार्फत २८ हजार ९ सय ३५ रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०७५/०७६ को श्रावण १ गतेबाट टेलिसेन्टर प्रभावकारी नभएको भन्दै हटाएको अधिकारीले बताउनुभयो । यसैबिच जिल्ला हुलाक कार्यलयमा कार्यरत रहेका करिव ५० प्रतिशत कर्मचारी कटौतीमा पर्ने भएका छन । जिल्ला हुलाक कार्यलयमा अहिले ३६ कर्मचारी करारको रुपमा काम गर्दै आएका छन ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top