+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली हाइड्रोपावर पूर्णरुपमा सञ्चालनमा, एक करोड रुपैयाँ बराबरको क्षति

Trishuli Hydropower
डबली खबर
७ साल अगाडी

विदुर/आगलागीको कारण उत्पादन रोकिएको करिब तीनहप्तापछि त्रिशूली हाइड्रोपावरले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ ।

हाइड्रोपावरको गत असार २६ गते आगलागी भएर पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्रका प्रमुख तारादत्त भट्टले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली हाइड्रोपावरको विद्युत् गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा आगलागी भएको थियो ।

तीन ब्रेकरमा आगो लागेर क्षति भएपछि अहिले दुई वटा ब्रेकर ल्याएर उत्पादन थालिएको केन्द्र प्रमुख भट्टले बताउनुभयो । हामीले नेपाल विद्युत् प्राधिकरणकै अर्को शाखाबाट दुई वटा ब्रेकर ल्याएर जडान गरी उत्पादन थालेका छौँ । अहिले दुई वटा ब्रेकरबाट नै काम सञ्चालन भइरहेको प्रमुख भट्टले जानकारी दिनुभयो ।

आगलागीको कारण करीब एक करोडको रुपैंया बराबरको क्षति भए पनि विद्युत् उत्पादन बन्द हुँदा भने करोडौँको क्षति भएको केन्द्रले जनाएको छ ।

विद्युत् उत्पादन बन्द हुँदा कति नोक्सानी भयो भनेर मूल्यांकन गर्न बाँकी रहेको केन्द्र प्रमुख भट्टले जानकारी दिए । त्रिशूली जलविद्युत् केन्द्रसहित देवीघाटसमेत बन्द भएको हुँदा करोडौँको विद्युत् उत्पादन खेर गएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ