+
Search

ताजा अपडेट +

पपुलर +

महिला तथा मानव अधिकार सम्बन्धी सचेतनाकार्य गर्ने: अध्यक्ष अञ्जली पाण्डे

leader anjali pandey nuwakot
डबली खबर
७ साल अगाडी

विदुर/ महिला मानव अधिकार रक्षक सञ्जाल जिल्ला शाखा नुवाकोटको अध्यक्षमा अञ्जली पाण्डे चयन भएका छन् ।

सञ्जालको आज विदुरमा भएको नवौं साधारणसभा तथा पहिलो अधिवेशनले पाण्डेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । त्यस्तै, समितिमा धनकुमारी रिजाल उपाध्यक्ष, गमला लामा सचिव र लक्ष्मी घिमिरे कोषाध्यक्षमा चयन भएका छन् । सदस्यमा पार्वती उप्रेती, सविना रिमाल, अस्मिता थापा, शर्मिला उप्रेती, सम्झना प्रसाई, विना खाती, गीता बस्नेत र सन्तोषी केसी रहनुभएको छ । यस्तै समितिको सल्लाहााकारहरुमा शर्मिला थापामगर, विन्दा अर्याल, शुभद्रा नेपाल, बच्चुमायाँ सुनारीमगर रहनुभएको छ ।

कार्यक्रममा नुवाकोटको दुई नगरपालिमा र १० गाउँपालिकासँग समन्वय गरी घरेलु हिंसा तथा लैंगिक हिंसा न्यूनीकरण, महिला नेत्तृत्व विकास, महिलाको न्यायमा पहुँचको लागि महिला तथा मानव अधिकार सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने  सञ्जालका नवनिर्वाचित अध्यक्ष पाण्डेले बताउनुभयो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ