२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा ३५ करोडको लागतमा रिसोर्ट बन्दै, रिसोर्टबाटै हिमालको दृष्य अवलोकन गर्न सकिने

    श्रावण १३ २०७५ १२:००

nuwakot greenland organic hotel resort nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट । नुवाकोटको बेलकोटगढी-२ जिलिङमा ३५ करोड रुपैयाको लागतमा ग्रिनल्याण्ड रिसोर्ट एण्ड अर्गानिक फार्म हाउस बन्ने भएको छ ।

समाजसेवी विष्णुप्रसाद नेपालको अध्यक्षतामा बन्न लागेको उक्त रिसोर्ट पर्यटकीय दृष्टिले गन्तव्यस्थल रहेको नुवाकोटमा भारतीय र चिनियाँ पर्यटक बढ्ने भएकाले पनि रिसोर्ट स्थापना गर्न लागिएको अध्यक्ष नेपालले बताउनुभयो । ऐतिहासिक, धार्मिक तथा भौगोलिक सम्पदायुक्त नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरेर उक्त रिसोर्ट स्थापना गर्न लागेको अध्यक्ष नेपालले बताउनुभयो ।

रिसोर्टका प्रवर्द्धकमा जग्गाधनी ठाकुर खतिवडा, केशव अर्याल, बद्रीलाल श्रेष्ठ, शिव कोइराला लगायत ३२ जनाको टिम रहेको छ ।

पासाङल्हामु राजमार्गबाट १ किमी उचाइमा बन्ने सो रिसोर्टबाट त्रिशूली र तादी नदी, देवीघाट तथा गणेश र लाङटाङ हिमाल लगायत नुवाकोटका सुन्दर डाँडाकाँडा देखिने बताइएको छ ।

सुविधासम्पन्न र स्तरीय सो रिसोर्ट निर्माणको काम आगामी मङ्सिरदेखि शुरु भई बढीमा २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको नेपालले जानकारी दिनुभएको छ ।

नुवाकोटमा हाल त्रिशूली होटल, वाटर टावर, होटल यांग्रा, सुखद पाहुना घर, दरबार भ्यू लगायत केही होटलहरू संचालनमा रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top