२०८१, १४ बैशाख शुक्रबार

समाज सचेतन केन्द्रको अध्यक्षमा यमकुमार खाती चयन

    श्रावण १२ २०७५ २१:०४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / समाज सचेतन केन्द्रको उन्नाईसौं साधारणसभा तथा चौथौं महाधिवेशन सम्पन्न भएको छ ।

समाज सचेतन केन्द्रको चौथौं अधिवेशनबाट यमकुमार खाती सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । त्यस्तै, नयाँ कार्यसमितिको उपाध्यक्ष सिता बोगटी, सचिव हरेराम चित्रकार, उपसचिव हरिदेव चित्रकार, कोषाध्यक्ष काशीराम श्रेष्ठ, सदस्यमा सावित्री बोगटी, गोमा आचार्य, सानोबाबु अधिकारी, हिरा बोगटी, दिलमान तामाङ र सम्झना कुमाल चयन भएका छन् । त्यस्तै, सल्लाहकारमा रामहरि रिमाल, ईन्द्र पण्डित, शिवकुमार मिश्र, नमराज न्यौपाने र लोकबहादुर रिमाल रहनुभएको छ ।

साधारणसभामा केन्द्रका सचिव बिना खातीले आ.व. २०७४/०७५ को आयव्यय प्रस्तुत गर्नुभएको थियो । केन्द्रले गत आवमा कुल रकम रु. १ लाख २ हजार ९ सय ६२ को कारोबार गरेको केन्द्रले जनाएको छ ।

Image may contain: 2 people, people sitting

Image may contain: 20 people, people smiling

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top