२०८१, ७ बैशाख शुक्रबार

लिभिङ बाई गिभिङ मूल नारासहित ५५ आश्रितलाई भोजन वितरण

    श्रावण १२ २०७५ १२:००

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाण्डौ / लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनले मानव सेवा अाश्रम, गोंगबुमा आश्रित ५५ जनालाई भाेजन वितरण गरेको छ ।

अाज लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ काे “लिभिङ बाई गिभिङ” अर्थात “दिएर बाचाै” भन्ने अभियान अन्तर्गत भाेजन गराईएकाे  क्लबका अध्यक्ष अनुजकुमार श्रेष्ठले बताउनु भयाे।

अाश्रममा नियमित भाेजन लगायत अन्य कार्यकाे लागि संचालित “दैनिक रुपैया पाँच” अभियानमा समेत क्लवका अध्यक्ष अनुज कुमार श्रेष्ठ , द्वितीय उपाध्यक्ष टेकनाथ पाैडेल, सचिव बैकुण्ठ प्रसाद रिमाल, निर्देशक हस्तबहादुर गुरुङबाट संकलित एक बर्षकाे एकमुष्ट रकम रु. २ हजार सामाजिक अभियन्ता सुवर्णलाल चित्रकारलाई हस्तान्तरण गरेको क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, आश्रमलाई साकुरा नेपाल कन्सल्टेन्सी, सामाखुशीबाट ११ थान प्लास्टिक कुर्सी वितरण गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा डिस्ट्रिक्ट डिपार्टमेन्ट अफिसर एवम् क्लवका चार्टर प्रसिडेन्ट बलराम सुवेदी, जाेन चियर पर्सन श्रीकान्त अाचार्य, क्लवका प्रथम उपाध्यक्ष एवं नेपाल सरकार गृह मन्त्रालयका उपसचिव प्रेमलाल लामिछाने, तृतीय उपाध्यक्ष प्रकाश अधिकारी, सहकाेषाध्यक्ष दिपक अधिकारी, सदस्य पुष्कर अाचार्य लगायतकाे उपस्थिति रहेकाे थियाे।

खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिकस्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी अनाथ, अपाङ्ग, अशक्त, असाहय एवं मनोरोगीहरुको सेवा गर्ने उद्धेश्यले मकवानपुरको हेटौंडाबाट सुभारम्भ भएको एक विशुद्ध परोपकारी संस्था हो ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top