+
Search

ताजा अपडेट +

पपुलर +

लायन्स क्लवद्वारा क्यान्सर बिरामीलाई आर्थिक सहयोग

डबली खबर
७ साल अगाडी

काठमाडौं । लायन्स क्लव अफ काठमाडौें ग्लोबल टाउनले नुवाकोटका ब्लड क्यान्सर बिरामी बालक सुनिल घलेलाई आर्थिक सहयोग गरेको छ ।

लायन्स क्लबले १२ वर्षीय बिरामी घलेको थप उपचारको लागि ५२ हजार ७ सय १० रुपैयाँ बराबरको चेक अभिभावकलाई हस्तान्तरण गरेको हो ।

पंचलिङ्गे मा.वि. काउलेमा कक्षा सातमा अध्ययनरत घलेको विगत दुई महिनादेखि कान्ति बाल अस्पतालमा उपचार भैरहेको थियो । अशिक्षित परिवारिक वातावरण र नाजुक आर्थिक अवस्थाको कारण घलेको उपचारमा कठिनाइ उत्पन्न भैरहेको अवस्थामा सहयोगी संघसंस्थाहरुको सकृयतामा देश विदेशबाट रकम संकलन गरि बालकको अभिभावकलाई उपलब्ध गराउने कार्यले थप उपचार सहज भएको कुरा बालकका अभिभावकले बताएका छन् ।

लायन्स क्लव अफ काठमाडौं ग्लोबल टाउनका अध्यक्ष अनुजकुमार श्रेष्ठले गत हप्ता आफ्नो फेसबुक पेजमा बालकको उपचारको निम्ति सहयोग गर्न अपिल गरेका थिए । श्रेष्ठका अनुसार स्वदेशमा आजसम्म संकलन भएको रकम हस्तान्तरण गरिएको र विदेशमा संकलन भएको रकम प्राप्त भए पश्चात् तुरुन्तै हस्तान्तरण गरिने बताएका छन् ।

नियमित उपचार हुन सके ब्लड क्यान्सर रोग ठिक हुने भएकोले आर्थिक सहयोगको निम्ति बालकका अभिभावक सबै सहयोगीहरुसंग अपिल गरिरहेका छन् । बालकको थप उपचारको निम्ति सहयोग गर्न चाहनेहरुले हिमालयन बेकको खाता नं. ०४६ ०७३३५४१००१३ रोजिना डोल्मा घलेको नाममा रकम जम्मा गर्न अनुरोध गरिएको छ ।

Image may contain: 1 person

No automatic alt text available.

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ