+
Search

ताजा अपडेट +

पपुलर +

नागरिकले सुरु गरे वनदेवी मन्दिरको बैंक खाता

डबली खबर
७ साल अगाडी

विदुर / महाभूकम्पले क्षति भएको विदुर नगरपालिका-२ स्थित वनदेवी मन्दिरको पुन:र्निर्माणको लागि गठित नागरिक समितिले बैंक खाता सुरु गरेको छ ।

कार्यसमितिका सदस्य लगायत स्थानीय समाजसेवीहरुबाट उठाईएको रकम रु.५० हजार ४ सय ३८ नेपाल बैंक लिमिटेडमा जम्मा गरिएको समितिका सचिव ईश्वर डंगाेलले जानकारी दिनुभयो । मन्दिरको पुन:र्निर्माण तथा संरक्षणमा सम्बन्धित निकायले कुनै पनि चासो नदेखाएकोले नागरिक आफै मन्दिर पुन:र्निर्माणमा लागेको र निर्माण कार्यमा सबै समाजसेवी, दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहयोग गर्न डंगोलले अनुरोध गर्नुभयो ।

त्यस्तै, मन्दिर पुन:र्निर्माणको सहयोगी हातको लागि नेपाल बैंक लिमिटेड, विदुरमा रहेको खाताको नाम “वनदेवी मन्दिर हाम्रो सम्पदा” र खाता नं. ०२६-००१०६५५५५४३०००००१ सहयोग गर्न सकिने समितको सचिवालयले जानकारी दिएको छ ।

मन्दिर संरक्षणको लागि मन्दिर संरचना निर्माण, पाटी निर्माण, खानेपानी योजना, प्रवेशद्वार निर्माण, मन्दिर जाने पैदलमार्ग सुधार, भौतिक सुविधा लगायतका गुरुयोजना रहेको समितिले जनाएको छ ।

मन्दिर पुनर्निर्माण समितिमा अध्यक्ष ठाकुरप्रसाद, उपाध्यक्ष राजनमान श्रेष्ठ, सचिव ईश्वर डंगोल, कोषाध्यक्ष सविनराज भण्डारी,  सदस्यहरु नारायणमान श्रेष्ठ, राजकृष्ण श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजेन्द्र पाण्डे, प्रमोद पण्डित, ई. रामकृष्ण राजभण्डारी, नविन्द्रमान प्रधान, जीवन श्रेष्ठ, राजेन्द्र थपलिया र राजेन्द्रमान डंगोल रहेका छन् ।

त्यस्तै, मन्दिरको सचिवालय विदुर सिटी युथ क्लबमा रहेको समितले जनाएको छ ।

No automatic alt text available.

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ