+
Search

ताजा अपडेट +

पपुलर +

ब्लड क्यान्सर पीडितलाई शेरा फाउन्डेसनको सहयोग

डबली खबर
७ साल अगाडी

काठमाण्डौ / शेरा फाउन्डेसनले ब्लड क्यान्सर भइ उपचारत १२ बर्षिय सुनिल घलेलाई उपचारको लागि सहयोग रकम प्रदान गरेकाे छ ।

प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले अाफ्नै अामाबुवाकाे स्मृतिमा स्थापित शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान मार्फत संकलन भएकाे रु.१ लाख ६४ हजारमध्ये अाधा रकम ८२ हजार रुपैयाँ बिरामी सुनिलकाे दिदी राेजिना घलेलाई हस्तान्तरण गर्नुभएको छ ।

कान्ति बाल अस्पतालमा उपचारत घलेको अहिले इसान बाल अस्पतालमा उपचार भइरहेको छ । घलेलाई कान्ति अस्पतालमै अाइसियु मिलाउन र राम्रो उपचारको ब्यवस्था मिलाउन अाफुले पहल गरिरहेकै बेला विरामीकाे अवस्था थप नाजुक भएपछि उपसभामुख तामाङले इसानमै गएर उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

No automatic alt text available.

बाँकी रकम भने बाेनम्याराे प्रत्यारोपण गर्न सिभिल अस्पताल बानेश्वरमा उपचारत अनिता श्रेष्ठलाई हस्तान्तरण गरिने प्रतिष्ठानका काेषाध्यक्ष डिबि तामाङले बताउनुभयो । “हामीले दुबैजनाका लागि सहयोग अभियान चलाएकाे र अझै थप रकम जम्मा भएपछि संगै हस्तान्तरण गर्ने याेजना थियाे तर घले भाईकाे अवस्था नाजुक भएपछि अाजै दियाैं” तामाङले बताउनुभयो । उक्त सहयोगका लागि अमेरिका निवासी डिन्डु लामा ह्याेल्माेले रु.१ लाख सहयोग प्रदान गर्नुभएको थियो भने बाँकि रकम नेपालमै संकलन गरेकाे तामाङले बताउनुभयो ।

उपसभामुख राधिका तामाङकाे बुवा र अामा दुवै क्यान्सरको कारण दिवंगत भएपछि उहाँहरुकाे नाममा प्रतिष्ठानमार्फत आर्थिक अवस्था कमजोर भएका बिरामीहरुका लागि सहयाेग प्रदान गर्दै अाईरहेका छन् ।

Image may contain: 1 person, sitting

Image may contain: text

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ