+
Search

ताजा अपडेट +

पपुलर +

काँग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, विदुर नगरपालिकाको कार्यालयमा तोडफोड (भिडियो)

डबली खबर
७ साल अगाडी

विदुर, नुवाकोट / विदुर नगरपालिकाले वृद्धि गरेको एकिकृत सम्पत्ति करको विरोध स्वरुप आज विदुर कार्यपालिकाको कार्यालयमा तोडफोड भएको छ ।

नेपाली काँग्रेसका भातृसंगठनले आयोजना गरेको विरोधसभा अन्तर्गत काँग्रेस विदुर नगर ईकाईले नगरपालिकामा ज्ञापनपत्र बुझाउन जाँदा कार्यकर्ताहरु कार्यालय भवनमा नै प्रवेश गर्न खोज्दा प्रहरी र कार्यकर्ता बीच दोहोरो झडप भएको हो ।

कार्यकर्ताहरुले विदुर नगरपालिकाको कार्यपालिका परिसरभित्र रहेको सात वटा सवारीसाधन र कार्यालयका झ्यालका सिसा तोडफोड भएको विदुर नगर कार्यपालिकाले जनाएको छ । त्यस्तै, झडपमा ३ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

विरोधसभापछि नेपाली काँग्रेसले गरेको पत्रकार सम्मेलन गरेको थियो । प्रहरीसँगको दोहोरो घम्साघम्सीको क्रममा आफ्ना ९ कार्यकर्ता घाईते भएको नेपाली काँग्रेस नुवाकोटले जनाएको छ ।

नेपाली काङ्ग्रेस नुवाकोटले यहि साउन १५ गते केन्द्रिय समितिको निर्देशन अनुरुप थप विरोध जुलुस गरिने नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केसीले बताउनुभयो।

नेपाली काँग्रेसका भातृसंगठनका कार्यकर्ताले यस अघि जिल्ला प्रशासन कार्यालय नुवाकोटको गेटमा पुगेर नाराबाजी गरेका थिए। जिल्ला प्रशासन कार्यालय नुवाकोटले समाचार सङ्कलन र फोटो खिच्न पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाईएको थियो।

Image may contain: 10 people, including Dhurba Adhikari and Anjali Pandey, people smiling, crowd and outdoor

Image may contain: 1 person, standing, crowd and outdoor

Image may contain: 7 people, people smiling

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ