२०८१, १४ बैशाख शुक्रबार

वनदेवी मन्दिरको पुन:र्निर्माणमा जुटे स्थानीयबासी

    श्रावण ८ २०७५ १८:३४

Bandevi Mandir Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/ विदुर नगरपालिका-२ मा अवस्थित वनदेवी मन्दिरको पुन:र्निर्माणका लागि स्थानीयबासिन्दा जुटेका छन् ।

जीर्ण अवस्था रहेको मन्दिरलाई २०७२ सालको महाभूकम्पले समेत क्षति पुर्याएको थियो । मन्दिर परिसरमा रहेको पाटीपौवा भग्नावशेषको रुपमा रहेको छ । सांस्कृतिक धरोहरको रुपमा रहेको मन्दिर जीर्ण अवस्थामा हुँदा पनि सम्बन्धित निकायले मन्दिर संरक्षणमा ध्यान नदिएको हुनाले स्थानीयवासीहरुको पहलमा “वनदेवी मन्दिर हाम्रो सम्पदा समिति” गठन भएको हो ।

मन्दिर पुनर्निर्माणको लागि गठित कार्यसमितिमा अध्यक्ष ठाकुरप्रसाद सहित कार्यसमितिमा सदस्यहरु राजनमान श्रेष्ठ, ईश्वर डंगोल, सविनराज भण्डारी, नारायणमान श्रेष्ठ, राजकृष्ण श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजेन्द्र पाण्डे, प्रमोद पण्डित, ई. रामकृष्ण राजभण्डारी, नविन्द्रमन प्रधान, जीवन श्रेष्ठ, राजेन्द्र थपलिया र राजेन्द्रमान डंगोल रहेका छन् ।

कार्यक्रममा मन्दिर संरक्षणको लागि मन्दिर संरचना निर्माण, पाटी निर्माण, खानेपानी योजना, प्रवेशद्वार निर्माण, मन्दिर जाने पैदलमार्ग सुधार, भौतिक सुविधा लगायतका गुरुयोजनाको खाका पेश गरिएको समितिले जनाएको छ । त्यस्तै, मन्दिरको सचिवालय विदुर सिटी युथ क्लबको कार्यालय रहने समितले जनाएको छ ।

कार्यक्रममा विदुर नगरपालिका-२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाही, वडा सदस्य राधाकृष्ण भण्डारी, विनपा-४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, वडा सदस्य वसन्त रिजाल, गणेश शाही, विदुर सिटी युथ क्लबका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

मन्दिरको स्थापना वि.स. १९८९ मा भएको शिलालेखमा उल्लेख गरिएको छ । मन्दिरमा रहेको ऐतिहासिक भग्नावशेषहरु जीर्ण अवस्थामा रहेको छ । मन्दिरमा रहेको चाँदीका मुकुट, ढलोटको घन्टी र सरस्वती मुर्ति चोरी भएको थियो । मन्दिरमा बजाईएको घन्टी विदुर, बट्टार, त्रिशुली लगायतका आसपासमा गुन्जिने स्थानीय बुढापाकाहरु बताउछन् ।

सदरमुकाम विदुर हुँदै नुवाकोट दरबार जाने सडक मार्गको ३ किलोमिटर दुरीमा रहेको छ। मन्दिरबाट विदुर, त्रिशुली, बट्टार, कोलेनी, नुवाकोट लगायतका भूभाग देख्न सकिन्छ । यस स्थान धार्मिक आस्था तथा आन्तरिक पर्यटकको लागि निक्कै मनमोहक र रमणिय छ ।

Image may contain: tree, outdoor and nature

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top