२०७७, २९ चैत्र आईतवार

सार्वजानिक सुनुवाई सम्पन्न, ४ सामुदायिक र ३ निजी वन पुरस्कृत

डबली खबर     असार ३० २०७५ १०:०८


Trishuli Web Design Services in Nuwakot

विदुर/ जिल्ला वन कार्यालय नुवाकोटको आयोजनामा सार्वजनिक सुनुवाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष सन्तमान तामाङको प्रमुख आतिथ्य रहेको थियो । वन संरक्षणको कार्य चुनौतिपूर्ण रहेको तामाङले बताउनुभयो । त्यस्तै, कार्यक्रममा अध्यक्ष  तामाङले चार सामुदायिक वन र तीन निजी वन सञ्चालकलाई नगदसहित पुरस्कृत गर्नुहुँदै राम्रो काम गर्नेलाई पुरस्कृत गर्दा वन संरक्षणमा प्रोत्साहन हुने भएकोले अबका दिनमा पनि निरन्तता दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा उत्कृस्ट कार्य, संरक्षण र व्यवस्थापन गर्ने सामुदायिक र निजी वनहरु मध्येमा सामुदायिकतर्फ माझीगाउँ सामुदायिक वन उपभोक्ता समूह, विदुर नपा-८ पहिलो, कालिकास्थान महिला वन उपभोक्ता समूह, विदुर-११ दोश्रो, कन्यास्थान सामुदायिक वन समूह, किस्पाङ गाउँपालिका–४ तेस्रो र गंगादेवी सामुदायिक वन, शिवपुरी गाउँपालिका–४ ले सान्त्वना पुरस्कार सहित क्रमश: नगद आठ हजार, छ हजार, चार हजार र दुई हजार नगद र प्रमाणपत्र प्राप्त गरेका हुन्।

कार्यक्रममा निजी वनतर्फ किस्पाङ गाउँपालिका-१ का घले पहिलो, पञ्चकन्या गाउँपालिका–५ का रघुवीर तामाङ दोस्रो र म्यागङ गाउँपालिका–४ का वाङदोर्जे तामाङ तेस्रो भएका थिए पुरस्कृत हुनेलाई क्रमश: पाँच हजार, पाँच हजार र तीन हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको जिल्ला वन अधिकृत पदमराज नेपालले जानकारी दिनुभयो । जिल्लामा वनको संरक्षण, व्यवस्थापनको कामको मूल्यांकन गरी उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरिएको प्रमुख नेपालले बताउनुभयो ।

नुवाकोट जिल्लामा ३ सय ५० सामुदायिक वन, १८ निजी वन र तीनवटा धार्मिक वन रहेको जिल्ला वन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz


Top