२०८१, ११ बैशाख मंगलवार

फायर स्टिङग्युसर राख्न आग्रह

    श्रावण १ २०७५ २१:००

Disctrict Administration Office Rasuwa
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office
रसुवा ।  रसुवामा पछिल्लो समय आगलागीको घटना बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले फायर स्टिङग्युसर राख्न आग्रह गरेको छ ।

जिल्ला आगलागीको उच्च जोखिम रहेकोले सरकारी कार्यालय, गैरसरकारी संस्था, गाउँपालिका कार्यालय, विद्यालय, होटल बैंक तथा वित्तिय संस्थाहरुलाई फायर स्टिङग्युसर राख्न आग्रह गरेको हो ।

जिल्लामा अग्नि नियन्त्रक उपकरण तथा उपकरण नभएको कारण फायर स्टिङग्युसरको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । आगो नियन्त्रणका लागि अतिआवश्यक रहेको यो सामग्री कार्यालय तथा भवनमा भए क्षतिलाई कम गर्न सकिने छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले सामग्री प्रयोगका लागि आवश्यक पर्ने तालिम सञ्चालन गर्ने बताइएको छ । -रडियोरसुवा

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top