sujim bazar advert

धादिङमा युवा उद्यमी तथा स्वरोजगार सम्बन्धी परामर्श कार्यक्रम

    असार ३२, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

धादिङ । ‘समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ नारासहितको राष्ट्रिय युवा परिषदको मूल नारालाई सार्थक बनाउन जिल्ला युवा विकास समितिको आयोजनामा युवा उद्यमी तथा स्वरोजगार सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला युवा विकास समिति धादिङका अध्यक्ष हरि थापामगरको अध्यक्षता रहेको थियो । कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाइ धादिङका प्रमुख शिव प्रसाद रेग्मी स्रोत व्यक्ति रामेश्वर पोख्रेल, चन्द्रोदय बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख राजेन्द्र दाहाल, चन्द्रोदय माविका प्रधानाध्यापक कपिल प्रसाद अिधिकारी लगायतका शिक्षकहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको विषय वस्तु माथि प्रशिक्षक शिव भण्डारीले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक भण्डारीले २१ औ शताब्दीको युवा, विद्यार्थीहरु उत्पादन, उद्यमी र स्वरोजगार बन्नको निम्ती युवा, विद्यार्थीहरुबाटनै सुरु गर्नुपर्ने र परम्परागत विधि र प्रविधिलाइ विस्तारै प्रतिस्थापन गरि नयाँ नयाँ विधि र प्रविधिको प्रयोग गर्नुपर्ने, युवा जनशक्ति पलायनलाइ रोक्नुपर्ने, स्वदेशी वस्तुको उत्पादन र उपभोगलाई प्रथामिकता दिनुपर्ने बताउनुभयो ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत राष्ट्रिय युवा परिषदको मूल नारालाइ सार्थक र सफल बनाउनको लागि जिल्ला युवा विकास समिति धादिङले विभिन्न समयमा युुवा प्रतिभाको पहिचान, युवा उद्यमीहरुलाइ प्रोत्साहन तथा सम्मान कार्यक्रमहरु सञ्चाल गर्दै आइरहेको छ । परामर्श कार्यक्रममा विभिन्न स्थानका करिब ६० जना युवा विद्यार्थीहरुको सहभागीता रहेको थियो । -धादिङ मिडिया नेटवर्क

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top