sujim bazar advert

​रसुवामा ४२ प्रतिशत रोपाई सम्पन्न

    असार ३२, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

रसुवा । रसुवामा ४२ प्रतिशत रोपाइँ सकिएको छ । समयमा मनसुन सक्रिय भएका कारण असार लागेसँगै जिल्लामा रोपाइँ सुरु भएको हो । जिल्लामा एक हजार नौ सय तीन हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

गत वर्ष बाढी र पहिरोको कारण धान उत्पादन घटेको थियो । जिल्लामा गत वर्ष तीन हजार चार सय २५ मेट्रिक टन धान उत्पादन भएको छ । आर्थिक वर्ष २०७२/७३ मा तीन हजार चार सय २९ मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । यो वर्ष धान उत्पादन ८ प्रतिशत बढ्ने अनुमान छ ।

समयमा नै मनसुन सक्रिय भएका कारण धान रोपाइँ समयमा नै सम्पन्न हुने देखिन्छ, वागवानी विकास अधिकृत सन्तोष पाठकले भने, प्राकृतिक विपद् आएन् भने यो वर्ष धान उत्पादन बढ्छ ।’ जिल्लाको तल्लो क्षेत्रमा पर्ने कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकामा धान उत्पादन हुने गरेको छ ।

माथिल्लो क्षेत्रमा उत्पादनशील जमिन कम भएकाले थोरै क्षेत्रमा मात्र स्थानीय जातको धान रोप्ने गरिन्छ । जिल्लामा चैते, वर्षे र वर्षे हाइब्रिड धानको खेती गरिन्छ । कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा खुमल १०, खुमल ४, चाइचुन २४२, साबित्री मकवानपुर १, राधा ४, मकवानपुर १, हाइब्रिड र स्थानीय पतला जातको धान उत्पादन हुने गरेको छ ।

कृषि उत्पादनको हिसावले जिल्लामा प्रतिवर्ष एक हजारदेखि १५ सयसम्म खाद्यान्न अपुग हुने गरेको छ । तर पहँुच, उपयोग र स्थिरताको हिसावले न्युनतम खाद्य असुरक्षित जिल्लामा पर्दछ । -रेडियोरसुवा

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top