२०८१, १४ बैशाख शुक्रबार

हिंसाबाट बच्न किशोरीलाई आत्मरक्षा तालिम

    असार २९ २०७५ १९:४९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा । महिलामाथि हुने हिंसाबाट बच्न रसुवाका किशोरीलाई आत्मरक्षा तालिम दिइएको छ ।

जिल्ला खेलकुद बिकास समिति रसुवाको समन्वयमा राष्ट्रिय खेलकुद परिषदले  किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो ।

“महिलाहिंसा विरुद्ध हाम्रो संकल्प खेलकुदमा महिला सहभागिता उत्तम बिकल्प” भन्ने नाराका साथ राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रम अन्तर्गत सोमबारबाट सदरमुकाम धुन्चेमा सञ्चालन भएको तालिम बुधबार सकिएको हो ।

तालिममा जिल्लाका ५ वटा बिद्यालयमा अध्ययनरत कक्षा ९ र १० मा अध्ययनरत ५० जना छात्राहरु सहभागि भएका छन् । उनीहरुलाई आत्मरक्षा कसरी गर्ने भनेर मार्सल आर्टको तालिम दिइएको  छ ।

तालिममा आत्मसुरक्षा कसरी गर्ने, आक्रमणबाट कसरी बच्ने, महिलामाथि हुने घटनाको प्रतिकार कसरी गर्ने लगायतका विभिन्न विषमया प्रशिक्षण दिईएको जिल्ला खेलकुद बिकास समिति रसुवाका अध्यक्ष तेम्पा सिङ्गी तितुङले बताए । उनले भने महिला हिंसाका घटनाहरु बढीरहेको धेरेै सुन्नमा आएको छ, त्यसको कसरी प्रतिकार गर्न सकिन्छ र आफु कसरी बच्ने भन्ने बिषयमा प्रशिक्षण दिइएको छ ।

रसुवामा आर्थिक बर्ष २०७४/०७५ मा २९ वटा महिला हिंसाका घटना घटेका छन् । ६ वटा बहुविवाह, ८ वटा घरेलु हिंसा, ८ वटा शारिरिक याताना, ४ वटा मानसिक यातना,  २ वटा जवरजस्ति करणी र एउटा मानव बेचबिखन रहेको जिल्ला प्रहरी कार्यालय रसुवाको तथ्याङले देखाएको छ ।

यस्ता घटनालाई निरुत्साहित गर्न महिलाको आत्मबल बढाउन तथा खेलकुदप्रति अभिरुचि बढाउन प्रशिक्षणको आयोजना गरिएको जिल्ला खेलकुद बिकास समिति रसुवाका अध्यक्ष तेम्पा सिङ्गी तितुङले बताए ।

अझैपनि महिलाहरुप्रति हेर्ने दृष्ट्रिकोण फरक रहेकाले महिला र पुरुष बिचको बिभेद कायमै रहेको छ । दिनानुदिन लैङ्गिक हिंसा, बलत्कार, जवरजस्ति करणी, यौनदुराचार जस्ता यौन दुराचारका घटनाहरु भईराखेका छन् ।

बिद्यालयका किशोरीलाई मात्र नभई  गाउँ समाजका सबै किशोरीलाई प्रशिक्षण दिनुपर्ने गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पू तामाङले बताए । उनले भने  यस्ता कार्यक्रमलाई जिल्ला भर नै संचालन गर्यो भने पछिल्लो समय महिला माथि भएका हिंसाका घटनामा कमि आउथ्यो कि ?

त्यस्तै बिद्यालयमा हरेक साता हुने अतिरिक्त क्रियाकलापमा यस्ता कुराहरुको ज्ञान दिनुपर्ने तामाङले बताए । उनले भने हरेक शुक्रबार बिद्यालयमा अतिरिक्त क्रियाकलाप गरिन्छ त्यसमा आत्मरक्षा कसरी गर्ने भन्ने बिषयमा जानाकारी गराउदाँ यो प्रभाबकारी हुन्छ ।

तालिमबाट समाजमा हुने महिला हिंसाका घटनामा कमि आउने बिश्वास लिइएको छ । बलात्कार, यौनजन्य हिंसा लगायत विभिन्न हिंसा कम गर्न तालिम उपयोगी भएको सहभागि किशोरीहरुले बताएका छन् । रसुवा माविमा अध्ययनरत किशोरि झरना तामाङले भनिन् हामाी माथि हुने जुनसुकै हिंसाको घटनाबाट जोगिन जस्तोसुकै परिस्थितिको डटेर सामना गर्न हामीलाई यो तालिमले सहयोग पुर्याएको छ ।

यो कार्यक्रम रसुवा सहित ३६ जिल्लामा संचालन गरिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । -रेडियोरसुवा

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top