२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा तीस जेष्ठ नागरिक सम्मानित

    असार २९ २०७५ १९:३४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

कल्याणपुर, नुवाकोट । विदुर नगरपालिका वडा नं. १३ स्थित डेउडीमा तीस जना जेष्ठ नागरिकलाई आर्थिक सहयोगसहित सम्मान गरिएको छ ।

कार्यक्रममा विदुर नपा वडा नं. १३ का वडाध्यक्ष दलबहादुर तामाङले जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।  जेष्ठ नागरिकलाई माया, आदर गर्नुपर्ने र यस्ता सम्मान कार्यक्रमले जेष्ठ नागरिकलाई खुशी मिल्ने अध्यक्ष तामाङले बताउनुभयो ।

कार्यक्रममा विनपा-१३ का वडासचिव महेशकुमार श्रेष्ठले जेष्ठ नागरिकलाई प्रदान गरिने रकम निकै कम भएको र जिविकोपार्जन सहज हुने आर्थिक व्यवस्था गरिनुपर्ने धारण व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विदुर नपाका सदस्य मानबहादुर खडका, पुरुषोत्तम अधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम विदुर नगरपालिका वडा नं. १३ को कार्यलयले आयोजना गरेको हो ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top