विदुर, नुवाकोट । नुवाकोट जिल्लालाई ‘ऐतिहासिक धरोहर नुवाकोटको पहिचान, खुला दिशामुक्त समाज हाम्रो अभियान’ भन्ने नाराको साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।
कार्यक्रमका प्रमुख आतिथि प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले नुवाकोटलाई ५८ औँ खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभएको हो ।नुवाकोट त्रिदेशीय मार्गमा विस्तार भइरहेकाले जिल्लालाई सरसफाई क्षेत्रमा पनि अग्रसर हुन जिल्लाबासीलाई आग्रह गर्नुभयो । नुवाकोटलाई खुला दिसामुक्त घोषणा गरेपनि कार्यान्वायन गर्न हामी सबैको दायित्व र चुनौती रहेको बतानुभयो । सरकारपक्षका राजनीतिदल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनप्रतिनिधिहरुले प्रमुखअतिथिको विषयलाई लिएर कार्यक्रमलाई बहिष्कार गर्नुलाई लज्जास्पद रहेको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपाली काँग्रेस नुवाकोटका सभापति तथा सांसद जगदिश्वरनरसिंह केसीले जिल्ला खुला दिसामुक्त हुनु जिल्लाकै ईज्जत र प्रतिष्ठासँग जोडिएको भन्दै सचेत नागरिकको पहिचान दिन शौचालय निर्माण भएसँगै सरसफाईको आचारसंहितालाई पनि पूर्ण पालना गर्न नागरिकहरुलाई आग्रह गर्नुभयो । नुवाकोटमा शून्य दशमलव ५४ प्रतिशत घरधुरीमा अझै शौचालय नभएको जानकारी दिदै खुला ठाउँमा दिशापिसाब गर्दा पर्न सक्ने नकारात्मक असरहरुबारे ग्रामीण भेगमा जनचेतना जगाउन आवश्यक रहेको केसीले बताउनुभयो ।
यस्तै, कार्यक्रममा जिल्ला समन्वयन समिति नुवाकोटका अध्यक्ष एवं खानेपानी सरसफाई तथा स्वच्छता समन्वयन समितिका संयोजक सन्तमान तामाङले जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भएसँगै सार्वजनिक शौचालयको आवश्यक स्थलहरुको पहिचान गरी शौचालयको निर्माण गरिने तामाङले बताउनुभयो । खुला दिसारहित जिल्ला र सरसफाईको आचारसंहितालाई पालना गर्न गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका निर्देशक नन्दलाल बन्जाडेले मानिसलाई लाग्ने झाडापखाला, जुका,टाईफाईट लगायत विभिन्न प्रकारको रोगहरू मानिसकै दिसामा हुने जीवाणुले लाग्ने भएकोले खानेपानी र सरसफाईमा आम नागरिहरुले उच्च सतर्कता अपनाउनु पर्ने र सरसफाई ध्यान दिनु आवश्यक रहेको बतानुभयो ।
कार्यक्रममा साँस्कृतिक नाचगान, लाखेनाच, झाँकी प्रदर्शन, लोकदोहारी गीतले रौनकता छाएको थियो । खुला दिसामुक्तको सन्देशमुलक लोकगीतमा कार्यक्रमका प्रमुख अतिथि, सभापति, अतिथि लगायतले कम्मर मर्काएर नाचेका थिए ।
जिल्लामा स्थानीयतहका २ नगरपालिका र १० गाउँपालिकाका कुल जनसंख्या ३ लाख ६६ हजार ५ सय ८४ को लागि ६६ हजार २ सय ७२ घरधुरी रहेको छ । जिल्लाका सबै घरधुरीमा शौचालय रहेको जिल्ला खानेपानी तथा सरसफाई एवम् स्वच्छता समन्वय समिति (डि-वास-सीसी) ले जनाएको छ ।
स्थानीयतहका १२ वटै पालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरे लगतै जिल्ला घोषणा गरिएको हो। क्षेत्रीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अनुगमन र प्रमाणीकरण गरी नुवाकोटलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
कार्यक्रममा प्रदेशसभा सदस्य कल्पना नेपाली, जिल्ला समन्वयन समिति नुवाकोटका उपाध्यक्ष अप्सरा थापा, नेपाली काँग्रेस निकट निर्वाचित स्थानीयतहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुवँर, श्रीनाथगण देविघाटका गणपति अन्जन रुपाखेती, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख मोहनलाल जैसी, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, नागरिक समाज, पत्रकार, सरोकारवाला लगायतको उपस्थित रहेको थियो ।
कसरी भयो त नुवाकोट खुला दिसामुक्त जिल्ला, यो पनि पढ्नुहोस्
खुला दिसामुक्त क्षेत्र र चुनौती
जिल्ला खुल्ला दिसामुक्त घोषणा पटकपटक मिति तोक्दै, असार २८मा अभियान सफल हुँदै
सरसफाइको ग्राफ कुन प्रदेशको कति ?
खुला दिसाका कारण प्रत्येक घण्टा एकको मृत्यु हुने
प्रतिक्रिया