२०८१, १४ बैशाख शुक्रबार

बालुवा खाडलको पानीमा डुबेर बालकको मृत्यु

    असार २९ २०७५ १४:०२

Baby
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट । विदुर नगरपालिका-५ च्वाडीस्थित बालुवा खानीको खाल्टोमा पानीमा डुबेर हिजो दुई वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजेश तिमिल्सिनाका छोरा रञ्जित तिमिल्सिना रहेको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

स्थानीयबासी भरत खतिवडाले बालुवा झिक्दा खनेको खाडलमा हिजो साँढे पाँच बजेकोतिर पानी भरिएको खाडलमा परि बालकको मृत्यु भएको र बालकलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाने क्रममै बाटोमा नै मृत्यु भएको स्थानीयबासी नरेश डंगोलले बताउनुभयो ।

प्रहरीले सोधपुछको लागि खतिवडालाई लिन जाँदापनि आउन नमानेको पिडित परिवारका सदस्यले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top