+
Search

ताजा अपडेट +

पपुलर +

एक सय पर्यटकीय गन्तव्य खोज्न सरकारले बनायाे समिति

Nuwakot Durbar
डबली खबर
७ साल अगाडी

काठमाडौँ । आगामी वर्षभित्र एक सय पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेको सरकारले गन्तव्य पहिचान र निर्माण गर्न समिति बनाउने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले उक्त समिति बनाउने निर्णय गरेको हो।

मन्त्रालयको योजना तथा मूल्यांकन महाशाखा प्रमुखको नेतृत्वमा पर्यटन बोर्ड, पुरातत्व विभाग तथा अन्य क्षेत्रका सरोकारवालासहितको समिति बनाउने निर्णय गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।

समितिले गन्तवय पहिचानका लागि पहिलो चरणमा सार्वजनिक आव्हान गर्ने र त्यसबाट आएका प्रस्तावको अध्ययन गरेपछि त्यहाँ आवस्यक पूर्वाधार तथा प्रबद्र्धनका र योजना बनाउने छ।

सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरेको सरकारले त्यसकै पूर्वाधारको रुपमा गन्तव खोजी गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ।

पर्यटकको बसाई अवधि लम्ब्याउने र आकर्षण पनि थप गर्दै जाने योजनाअनुसार प्रत्येक वर्ष गन्तवय पहिचान तथा विकास गर्दैै जाने सरकारको योजना रहेको छ।

लामो समयदेखि निश्चित गन्तव्यमात्र भएको र विविधता नभएको भन्दै सरोकारवालाहरुले गन्तव्य विस्तार तथा विकास गर्नुपर्ने सुझाव दिंदै आएका थिए।

प्रत्येक प्रदेशमा कम्तीमा १० गन्तव्य हुने गरी पहिचान तथा विकासको लागि बजेटको पनि व्यवस्था गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताउँदै आएका छन्। -सेतोपाटी

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ