२०८१, १३ बैशाख बिहीबार

त्रिशूली जलविद्युत् केन्द्रमा आगलागी, विद्युत आपूर्ति अझै अन्योल

    असार २७ २०७५ १३:४३

Trishuli Hydropower
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट । त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा हिजो दिउँसो आगलागी भएको छ ।

जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पु-याउन प्रयोग गरिने बसवारमा आगलागी भएको त्रिशूली जलविद्युत् केन्द्रले जनाएको छ । आगलागीबाट बसवार पूर्णरुपमा जलेको छ। क्षतिको विवरण पूर्ण रुपमा नआईसकेको केन्द्रकाका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो । आगो निभाउन पहिलो प्रयासमा फायर एक्सटिनगुइसर उपकरण प्रयोग गरे पनि त्यसले पर्याप्त नभएपछि विदुर नगरपालिकाको दमकलको सहयोगमा पानी प्रयोग गरेर निभाउँदा विद्युतीय उपकरणमा समेत थप क्षति पुगेको जानकारी दिएको छ ।

आगो नियन्त्रणको लागि नेपाली सेना, नेपाल प्रहरी, नगरप्रहरी, विद्युत् गृहका कर्मचारी, स्थानीयवासी लगायत परिचालन भएका थिए ।

केन्द्रबाट उत्पादन हुने २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द भएको छ । केन्द्रले वि.सं. २०२३ देखि विद्युत् उत्पादन शुरु गरेको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top