२०७७, १५ फाल्गुन शनिबार
first nuwakot likhu chhahare business Expo

पहिरोले पासाङल्हामु राजमार्ग अवरूद्ध, मनसुनजन्य प्रकोपको लागि हटलाईन सेवा

    असार २७ २०७५ १३:३१


Trishuli Web Design Services in Nuwakot

रसुवा । कालिका गाउँपािलका–१ ग्राङ क्षेत्रमा सडक सफा गर्ने क्रममा गएरातिदेखि पासाङल्हामु राजमार्गमा डोजर बिग्रिएपछि सवारी आवागमनमा अवरुद्ध भएको छ

बिग्रिएको डोजर मर्मत गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताउनुभएको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका १५० भन्दा बढी सवारीसाधन राजमार्गका थन्किएर बसेको पौडेलले जानकारी दिनुभयो ।

मनसुनजन्य प्रकोपको लागि हटलाईन सेवा

मनसुनजन्य प्रकोप (पहिरो र वाढी) बाट सर्तक रहन जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद व्यवस्थापन समिति रसुवाले विपत सम्बन्धि कुनै सूचना भए तुरुन्त ०१० ५४००१९ (हटलाइन) मा सम्पर्क गर्न अनुरोध गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori

प्रतिक्रिया




Top