२०८१, १२ बैशाख बुधबार

दक्ष कम्प्युटर प्राविधिक जनशक्ति उत्पादन

    असार २७ २०७५ १२:५९

CTEVT Nuwakot NCCINuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

केन्द्रबाट विदुर, नुवाकोट । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटि) मान्यता प्राप्त ईलम प्रशिक्षण केन्द्र, विदुरबाट दक्ष कम्प्युटर प्राविधिक जनशक्ति उत्पादन भएको छ ।

मंगलबार आयोजित डिप्लोमा कम्प्युटर र बेसिक कम्प्युटर तीन महिने तालिम समापन कार्यक्रमका प्रमुख अतिथि घरेलु उद्योग विकास समितिका प्रमुख विजय भट्टले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई टिका लगाई दिएर प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

एसईई विद्यार्थीहरुलाई मध्यनजर गरी दिइएको तालिममा ५० जना डिप्लोमा कम्प्युटर र ६० जना बेसिक कम्प्युटर गरी १ सय १० जनाले तालिम लिएका थिए । एक प्रशिक्षार्थीले रोजगारको अवसर पाईसकेको जानकारी केन्द्रले जनाएको छ ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, निवर्तमान अध्यक्ष शरण उत्सुक सापकोटा, द्वितीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष गीता दाहाल, प्रवक्ता सन्तोष उप्रेती, पत्रकार लगायत संघका पदाधिकारीहरुको उपस्तिथी रहेको थियो ।

डिप्लोमा कम्युटरतर्फ एकाउन्ट प्याकेज (ट्याली), फोटोसप, पेजमेकर, एक्सल, बेसिक वेबपेज डिजाइन र बेसिक कम्प्युटरतर्फ कम्प्युटर टाईपिङ, माइक्रोसफ्ट अफिस, पेंटब्रस, एक्सल जस्ता कोर्षहरुको तालिम दिईएको प्रशिक्षकद्वय मन्दिरा शाह भण्डारी र अनकुमारी भट्टराई गजुरेलले बताउनुभयो । प्रशिक्षक भण्डारी ईलम प्रशिक्षणका पूर्वप्रशिक्षार्थी हुन् । त्यस्तै, सिटीइभिटिको कम्प्युटर कोर्षमा पुरानै भर्सनको सफ्टवेयरको तालिम दिईरहेकोले यसलाई परिमार्जित गर्नुपर्ने प्रशिक्षकद्वयले बताउनुभयो।

हाल प्रशिक्षण केन्द्रमा कम्प्युटर हार्डवेयर, बुटिक डिजाइन, व्युटिसियन, सेक्युरिटी गार्ड, मोबाइल मर्मत, मोटरसाइकल मर्मतका तालिमहरु संचालनमा रहेको छ ।

अहिलेसम्म पन्ध्र हजार दक्ष जनशक्ति उत्पादन भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top