२०७७, २२ फाल्गुन शनिबार
first nuwakot likhu chhahare business Expo

कालिका गाउँपालिकाको बजेट पारित, कृषि तथा पर्यटनलाई जोड

डबली खबर     असार २६ २०७५ १३:०९


Trishuli Web Design Services in Nuwakot

रसुवा । कालिका गाउँपालिकालाई सुन्दर समृद्ध गाउँपालिका बनाउन आर्थिक वर्ष २०७५/७६ को बजेट आइतबार रसुवाको कालिकागाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष सिता अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

बजेटमा आर्थिकतर्फ दुग्ध उत्पादनको बजारीकरण अनुसार दुध डेरीलाई व्यवस्थित गरी पशु स्वास्थ्य सेवामा, कृत्रिम गर्भाधान तथा प्राकृतिक गर्भाधानलाई प्राथमिकता दिईएको छ । त्यसैगरी पशु आहारामा सुधार र पशु स्वास्थ्य सेवाको लागि प्राविधिक जनशक्तिको परिचालनमार्फत गाउँपालिकालाई दुध, अण्डा र मासुमा आत्मनिर्भरतातर्फ उन्मुख एवं प्रोत्साहन गरिने भएको छ ।

उद्योग तथा वाणिज्य सम्बन्धित नीतिमा स्थानीय स्रोत एवं सीपविकासको उपयोग गरी लघु घरेलु साना तथा मझौला उद्योग सञ्चालन गरिने जनाएको छ । परम्परागत मूल्य र मान्यताका सांस्कृतिक रीतिरिवाजको संरक्षण र सम्बद्र्धनका कार्यहरू गरी कालिकास्थान स्याउबारी, लोकिलहुँदै गोसाईकुण्डसम्म पुग्ने पर्यटकीय, मार्ग निर्माणमा जोड दिई सहकारी संस्थालाई कृषि पर्यटन उद्योग, उर्जा जस्ता प्रत्यक्ष उत्पादनशील क्षेत्रमा परिचालन गर्ने गाउँपालिकाभित्र रहेका सबै वडाहरुमा बैकिङ सेवा पुर्याउने लक्ष्य रहेको छ ।

सामाजिक विकासतर्फ गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुमा अनिवार्य रुपमा बालविकास कक्षाका शुरुवात गरिने जनाएको छ । यसैगरी प्राथमिक कक्षाबाट नै अंग्रेजी भाषामा पठनपाठन गर्ने नीति ल्याई विज्ञान तथा प्राविधिक शिक्षालाई गाउँबासीको पहुँचमा पु-याउनुको साथै कम्तीमा एउटा प्रयोगशाला सहित विद्यालयको स्थापनामा जोड दिइनेछ ।

स्वास्थ्य सेवाको पहुँच नपुगेका बस्ती तथा जनसमुदायको पहिचानका आधारमा एकीकृत स्वास्थ्य सेवालाई घुम्ति सेवा, विशेष शिविरमार्फत सबै सुलभ सेवा उपलब्ध गराइनेछ । स्वच्छ खानेपानीको दिगो व्यवस्थापनका लागि आयोजना निर्माणको क्रममा नै निश्चित रकम मर्मत सम्भार कोषमा राखी प्रत्येक उपभोक्ताले न्यूनतम रकम नियमित जम्मा गर्नुपर्ने नीति लिदै खानेपानी आयोजनाहरू उपभोक्ता तथा सरसफाई समितिलाई हस्तन्तरण गरिनेछ ।

पालिकाभित्र किरिया घरहरुको निर्माण गर्न सहयोग गरिनेछ । विभिन्न स्थानहरुमा निर्माण गरिएका खेलमैदानहरुलाई स्तरोन्नती गर्दै रास्ट्रिय मापदण्ड अनुसारको खेलमैदानको निर्माण गरिनेछ ।

लैङगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीतिहरुमा पालिकाभित्र सञ्चालन गर्ने कार्यक्रमहरुमा आदिवासी जनजाती, दलित र अपाङगता भएका समुदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्दै लक्षितवर्गको सामाजिक तथा आर्थिक तथा समाजिक सशक्तिकरणका लागि कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

यस्तै स्थानीय सडक, पुल, झोलुङगे पुल तथा पूर्वाधार सम्बन्धी नीति, सिंचाई भवन तथा सदकारी विकास उर्जा लघु तथा सहकारी विकास उर्जा लघु तथा साना जलविद्युत र वैकल्पिक उर्जा सञ्चालन सम्बन्धी नीति वन तथा भु-संरक्षण, वातावरण संरक्षण विपद् व्यवस्थापन सामान्य सेवा, सूचना प्रविधि, पन्जिकरण व्यवस्थापन स्थानीय तथ्याङ्क संकलन शुसाशन प्रवद्र्धन सम्बन्धी नीति तथा विविध विषय समेटी कार्यक्रम पेश गरिएको थियो । रेडियो लाङटाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz

प्रतिक्रिया




Top