नुवाकोट । नुवाकोट खुला दिसामुक्त जिल्ला घोषणा यहि असार २८ गते बिहिबार हुने भएको छ । यस अघि नुवाकोटका १२ वटै स्थानीयतहका २ नगरपालिका र १० गाउँपालिका यस अगाडी नै खुला दिशामुक्त भैसकेको छ ।
आज पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले जिल्ला घोषणा गर्न क्षेत्रीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिबाट अनुगमन तथा प्रमाणीकरण प्रक्रिया पुरा भैसकेको बताउनुभयो । जिल्ला खानेपानी स्वच्छता समन्वय समितिको बैठकको निर्णय अनुसार जिल्ला घोषणाका लागि नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री एवम् प्रतिनिघीसभाका सदस्य सांसद गगनकुमार थापाको प्रमुख अतिथी रहने र कार्यक्रम विदुर नगरपालिका-४ बट्टारस्थित नयाँ बसपार्क परिसरमा बिहान ११ बजे हुने तय भएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्रमुख उद्दवबहादुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख मोहनलाल जैसी, सरकारी कार्यालयका प्रमुखहरु, सरसफाई फोकल पर्सन भवानी सापकोटा, डिकोन नेपालका कार्यकारी निर्देशक चोकराज शाक्य, युएन ह्याबिट्याटका जिल्ला संयोजक मैत्रेयी शर्मा लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम व्यवस्थापनका विवरणहरु:
१) स्वागत सत्कार: उपप्रमुख र उपाध्यक्षहरु
२) मंच तथा साउण्ड सिस्टम व्यवस्थापन: नुवाकोट उद्योग वाणिज्य संघ
३) मायाको चिनो: जिल्ला समन्वय समिति
४) प्रचारप्रसार समिति: नेपाल पत्रकार महासंघ, जिल्ला शाखा नुवाकोट
५) प्रमाणपत्र: डिकोन नेपाल र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय
६) अस्थायी शौचालय: नुवाकोट निर्माण व्यवसायी संघ
७) स्वयंसेवक: जिल्ला खेलकूद विकास समिति
८) पालिकागत व्यवस्थापन: सम्बन्धित पालिका
९) सांस्कृतिक तथा कलाकार व्यवस्थापन: पन्चकन्या गापा र नुवाकोट उद्योग वाणिज्य संघ

प्रतिक्रिया