२०८१, १३ बैशाख बिहीबार

नीलकण्ठ नगरपालिकामा बन्ने भयो चक्रपथ, नगरप्रमुखबाट शिलान्यास

    असार २४ २०७५ १९:३२

Neelkantha Municipality
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

धादिङ । नीलकण्ठ नगरपालिकाका सबै वडालाई समेटेर चक्रपथ बन्ने भएको छ ।

चक्रपथको सुरुवाती शिलान्यास नगरप्रमुख भीमप्रसाद ढुङगानाले वडा नं. ८ ससाहमा गर्नुभएको छ ।

चक्रपथको सुरुवाती विन्दुबाट पहिलो चरणमा ३ किलोमिटरको पक्की सडकसहित सडक नाला बनाईने चक्रपथको निर्माणको लागि जिम्मा पाएका सिंह एण्ड ब्रदर्श-ड्रागन-बटु सफल जेभीले जनाएको छ ।

चक्रपथ रामकोट, मुरलीभन्ज्याङ हुँदै गोलाभन्ज्याङ, चाम भन्ज्याङ, आहुती खोला, गैरी बहास, खाल्टे हुँदै निकालिने र फ्याक्से हुँदै सुनौलाबजार जोडेर तारुखर्क तल्लोवेशी हुँदै पुनः ससाहमा लगेर जोडिने नगरप्रमुख ढुङगानाले बताउनुभयो ।

चक्रपथ आयोजनामा जनप्रतिनिधिहरुले नियमित अनुगनम गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top