२०८१, १४ बैशाख शुक्रबार

स्वराजगार बुटिक तालिम

    असार २२ २०७५ २३:२५

boutique training nuwakot bidur
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । विदुर नगरपालिका र ओमश्री गोसाईकुण्ड बहुद्देशीय सहकारी संस्थाको संयुक्त आयोजनामा विदुर नपा-४ बट्टारमा बुटिक तालिम संचालन भइरहेको छ ।

विदुर नगरपालिकाभित्रका महिलाहरुलाई सफल उद्यमी बनाउने उदेश्य राखी २०६२ सालदेखि निरन्तर तालिम संचालन गर्दै आईरहेको सहकारीका अध्यक्ष भुवन राजभण्डारीले बताउनुभयो । सहकारीका महिला सदस्यहरुको पहलमा विगत १३ वर्षदेखि सुरु भएको स्वराजगर तालिम हाल नगरभित्रका सबै महिला तथा पुरुषहरुलाई प्रदान गर्दै आईरहेको अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो । त्यस्तै, तीन महिने तालिम अन्तर्गत बुटिक तालिम लगायत क्रिस्टल र सिलाई बुनाई तालिम संचालनमा रहेको जानकारी दिनुभयो ।

तालिम पश्चात् प्रशिक्षार्थीबाट उत्पादित सामग्रीहरु स्थानीय बजारमै बिक्रि वितरण गर्न सकिने र त्यसको बजारीकरणको सहजता सहकारीले नै गरिदिने भएकोले तालिमपछि हात खाली बस्न नपर्ने भएकोले सिपमुलक तालिमले आत्मनिर्भर गर्ने सहकारीका महिला सदस्य एवं ट्रेनिङ सेन्टरका प्रोपाईटर शान्ति प्रधानले बताउनुभयो । तालिम पश्चात् सहकारीकै महिला सदस्यहरुको सिप विकासको मुल्यांकन गरी व्यवसाय संचालनको लागि ऋण उपलब्ध गराउने गरेको प्रधानले बताउनुभयो । नयाँ प्रशिक्षार्थीले एउटा साडी दशदेखि पन्ध्र दिनभित्र बुटिकका डिजाईन भर्न सकिने र मासिक बिसहजारदेखी तीसहजारसम्म पारिश्रमिक उठाउन सकिने प्रधानले बताउनुभयो ।

तालिम नगरका महिला र पुरुष दुवै वर्गका लागि भनिएको भएतापनि तालिममा सात जना महिलाको मात्र सहभागिता रहेको सहकारीले जनाएको छ । तालिम विदुर नपा-४ बट्टारस्थित न्यू सानुमी टेलरिङ तथा ट्रेनिङ सेन्टरमा संचालन भइरहेको छ ।

गत असार ३ गते देखि संचालन भएको तालिम साउन ३ गतेसम्म संचालन हुनेछ । तालिममा प्रशिक्षक सम्झना दुवाडीले सहजता प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top