ढुङ्गे, विदुर। जिल्ला युवा समिति नुवाकोटको आयोजनामा उद्यमशिलता र रोजगारी सम्बन्धी एक दिने परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
नुवाकोटका युवाहरुलाई स्वरोजगार बनाउने र उद्यमशिलतातर्फ अभिप्रेरित गर्न कार्यक्रमको आयोजना गरेको जिल्ला युवा समितिका अध्यक्ष उपेन्द्र मिश्रले जानकारी दिनुभएको छ ।
कार्यक्रममा घरेलु उद्योग शाखा नुवाकोटका शाखा अधिकृत अम्बिका घिमिरेले सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै, जिल्ला युवा समिति नुवाकोटले तीन महिने व्युटीपार्लर डिप्लोमा कोर्ष सम्पन्न गरेकोमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको अध्यक्ष मिश्रले जानकारी दिनुभयो ।
तीन महिने डिप्लोमा कोर्ष गरेकाले मात्र व्युटीसीयनले मात्र व्युटीपार्लर तथा ट्रेनिंङ सेन्टर संचालन गर्न पाउनेछ ।


प्रतिक्रिया