sujim bazar advert

लाईन्स क्लबले गरे लागू औषध नियन्त्रण सम्बन्धि एकदिने सचेतना कार्यक्रम

    असार २२, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौँ । नेपाल सरकार गृह मन्त्रालय र लाईन्स क्लब अफ काठमाडौं ग्लाेबल टाउनकाे संयुक्त अायाेजनामा लागू औषध नियन्त्रण सम्बन्धि एकदिने सचेतना कार्यक्रम सम्पन्न भएकाे छ।

कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालयका उपसचिव प्रेमलाल लामिछानेले समृद्ध मूलुक निर्माणका निम्ति समाजबाट लागू औषध दुर्व्यसनीमुक्त हुनुपर्ने बताउनुभयाे ।

त्यस्तै, कार्यक्रममा हेराल्ड कलेजका प्रिन्सिपल नारायणप्रसाद उपाध्यायले कुलत जीवन मानव जीवनका निम्ति घातक हुने भएकोले मानिसलाई लागूऔषधकाे दलदलमा पर्न नदिन सचेतना कार्यक्रमलाई पूर्ण रुपले कार्यान्वनमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा लाईन्स क्लब अफ काठमाडौं ग्लाेबल टाउनका अध्यक्ष अनुजकुमार श्रेष्ठले लागूऔषधकाे कुलतमा युवाहरूलाई फस्न नदिन जनचेतनामूलक कार्यक्रमहरु योजनाबद्ध ढंगले संचालन गर्नुपर्ने अावश्यक रहेकाे हुनाले हरेक चालिने कदममा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा प्राध्यापक पुरुषाेत्तम प्याकुरेल, लाईन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्टका डिपार्टमेन्ट अफिसर बलराम सुवेदी, जाेन चियर पर्सन श्रीकान्त आचार्य, क्लबका द्वितीय उपाध्यक्ष टेकनाथ पाैडेल, सचिव बैकुण्ठ रिमालकाे लगायतका उपस्थिति रहेकाे थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले शहरमा मात्र केन्द्रित नभई गाउँ गाउँका कलेजहरुमा समेत संचालन हुनुपर्ने सल्लाह दिएका थिए ।

कार्यक्रममा हेराल्ड ईन्टरनेशनल कलेज बसुन्धाराका एक सय पचास जना विद्यार्थीहरु सहभागी थिए ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top