+
Search

ताजा अपडेट +

पपुलर +

​कार्यालयको मासिक विवरण अनलाइनमा राख्न सुरु

Disctrict Administration Office Rasuwa
डबली खबर
७ साल अगाडी

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाले प्रवाह गरेको सेवाकोबारे आम नागरिकलाई जानकारी दिने उद्देश्यले सम्पादन भएको कार्यको मासिक विवरण अनलाइनमा राख्न सुरु गरेको छ ।

कार्यालयले गत जेष्ठ महिनादेखि अनलाइन, सामाजिक सञ्जाल र एसएमएसको माध्यमबाट सूचना प्रवाह गर्दै आएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभएको छ ।

कार्यालयले जेठ महिनामा एक सय ६६ नागरिकता वितरण गरेको छ । वंशजको आधारमा एक सय ६३ र अंगिकृत नागरिकता तीन वटा वितरण गरिएको कार्यालयले जनाएको छ । कार्यालयले एमआरपी राहदानी ३५, जनजाति सिफारिस ४ र एउटा संस्था नविकरण गरेको छ । कार्यालयमा ६ वटा सार्वजनिक अपराधको मुद्दा दर्ता भएको छ । कार्यालयले जेठ महिनामा ६७ जनाको राहदानी सिफारिस गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ