+
Search

ताजा अपडेट +

पपुलर +

द्वन्द्वका विस्थापितलाई आर्थिक सहायता दिने

Disctrict Administration Office Rasuwa
डबली खबर
७ साल अगाडी

रसुवा । सशस्त्र द्वन्द्वका कारण आन्तरिक रुपमा विस्थापित भई तत्कालिन शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत द्वन्द्वपिडित परिवारको लगत संकलन कार्यदलमा नाम समावेश भएकाहरुलाई आर्थिक सहायताका दिने जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ ।

आर्थिक सहायताको लागि एक प्रति निवेदन, नागरिकताको प्रतिलिपी, विस्थापित खुल्ने कागजात, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, सम्बन्धित पिडितको बैंक खाता नं. खुल्ने कागजात र  विस्थापित परिवारका व्यक्तिहरुबिच फोटोसहितको नाता प्रमाणितको कागजात सहित यहि असार २६ गतेको दिनसम्म निवेदन दिन जिल्ला प्रशासन कार्यालय रसुवाले अनुरोध गरेको छ।

साथै तोकिएको मितिमा सम्पर्कमा नआउनेको हकमा राहत रकम उपलब्ध गराउन नसकिने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाए ।

जिल्ला प्रशासन कार्यालय रसुवाको सुचना

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ