२०८०, १६ चैत्र शुक्रबार

अधिकांश एकल महिलाले पाउने हक अधिकारबाट अझै पनि अनविज्ञ (भिडियो)

    असार १९ २०७५ २१:०६

widow women mutual fund interaction program
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । मानव अधिकारको लागि महिला, एकल महिला नुवाकोटको आयोजना र अन्तराष्ट्रिय सामाजिक संस्था अक्सफामको सहयोगमा भएको एकल महिला सुरक्षाकोष सम्बन्धि अन्तरक्रियामा एकल महिलाहरुले वडामा सीप विकास तथा जिविकापार्जनको क्षेत्रमा बजेट आएपनि जानकारी नहुने बताएका छन् ।

एकल महिलाको हक, अधिकार र सुरक्षाकोषमा उपलब्ध भएको रकम सबै स्थानियतहको लक्षितवर्गसम्म पु-याई एकल महिलाको दैनिकीलाई सहज बनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

नेपाल सरकारले एकल महिला सुरक्षाकोषको लागी केही रकम छुट्याएको र रकम एकल महिलाको सीप विकास, स्वास्थ्य, शिक्षा, अ‍ौषधी उपचार लगायतको क्षेत्रमा मात्र खचिर्नुपर्ने व्यवस्था रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताउनुभयो । प्रमुख थापाले एकल महिलाको आवश्यकता सबै क्षेत्रमा धेरै रहेको र एकल महिला सुरक्षाकोषको लागि छुट्टाएको रकम अत्यन्त न्यून रहेकाले सरकारले अहिले ती सबै आवश्यकतालाई परिपूर्ति गर्न सम्भव नरहेको स्पष्ट पार्नुभयो । एकल महिलाहरु समाजमा आर्थिक, समाजिक र धार्मिक रुपले बहिष्कृत हुन परेको भन्दै यस्तो किसिमको भेदभावलाई अन्त्य गर्न सामाजिक संघसंस्थाहरु लगायत सरकारको तिनै तह सक्रिय भएर लाग्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एकल महिलाको क्षेत्रमा नगरपालिकाले आवश्यकता अनुरुप बजेट छुट्याएको बताउनुभयो । नगरप्रमुख पण्डितले आर्थिक स्तरोन्तीको लागी व्यवसाय गर्न, शिक्षा आर्जन गर्न चाहने एकल महिलाहरुको लागी स्थानीयस्तरबाट आवश्यक पहल गर्ने बताउनुभयो । स्थानीयतहमा एकल महिलाको क्षेत्रमा काम गर्न आएका अन्तराष्ट्रिय सामाजिक संस्थाहरुलाई नगरसँगको समन्वयनमा प्रभावकारी र पारदर्शी ढंगले काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा विदुर नगरपलिकाका उपप्रमुख गीता दाहालले वास्तविक एकल महिलाहरुको तथ्यांक तयार गरी सांगठनिक रुपमा अबका दिनमा आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा एकल महिलाहरु अग्रसर भएर लाग्नुपर्ने बताउनुभयो । सबै स्थानीयतहमा एकल महिला संस्थाको प्रतिनिधिहरुलाई परिचालन गरी एकल महिलालाई शिक्षित, व्यवसायिक र आत्मनिर्भर बनाउन आवश्यक रहेको उपमेयर दाहालले बताउनुभयो ।

२०६३ देखि नुवाकोटमा मानव अधिकारको लागि महिला एकल महिला संस्था दर्ता गरेको जानकारी गराउदै एकल महिला नुवाकोटका अध्यक्ष देवकी पौडेलले एकल महिलाको सीप तथा क्षमता अभिवृद्धिका लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । महिला तथा बालबालिका कार्यालय, नगर लगायत विभिन्न सामाजिक संघसंस्थासँगको सहयोगमा जिल्लाका एकल महिलाहरुलाई स्वाबलम्बी बनाउने उद्धेश्यले बाख्रापालन, कुखुरापालन, क्रिष्टल माला, साबुन बनाउने, कपडा सिलाउने तालिम सञ्चालन गर्दै आएको अध्यक्ष पौडेलले बताउनुभयो । एकल महिलालाई व्यवसायिकतर्फ उन्मुख गराउन आर्थिक रुपले निकै चुनौति रहेको भन्दै एकल महिलाको क्षेत्रमा आवश्यकता अनुरुप बजेटको अभाव भएको अध्यक्ष पौडेलले जानकारी गराउनुभयो।

एकल महिलाहरुले राज्यले उपलब्ध गरेको सेवा, सुविधा, हक, अधिकार आफुले सहज रुपमा पाउनुपर्ने माग राख्दै एकल महिला संस्था नुवाकोटमार्फत केन्द्रमा बुझाएको बताएका छन् । तर निवेदन बुझाएको लामो समय बितिसक्दा पनि कुनैपनि सुनुवाई नभएको एकल महिलाहरुको गुनासो रहेको छ । राज्यले श्रीमानको मृत्यु भएको, सम्बन्ध बिच्छेद गरेको, श्रीमानले पाँच बर्षभन्दाबढी समयदेखि हराएका वा बेपत्ता भएको, पैतीस बर्ष उमेर पूरा गरेको अविवाहित महिला र अंशबन्डा गरी वा माना छुट्टिई श्रीमानसँग अलग बसेको महिलालार्इ एकल महिलाको वर्गमा राखेको र राज्यले उनीहरुको हक अधिकार र सेवा सुविधा उपलब्ध गराएको छ । तर ग्रामीणभेगका अधिकांश एकल महिलाले आफुले पाउने हक अधिकारबाट अझै पनि अनविज्ञ रहेको बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा महिला तथा बालबालिका कार्यालय नुवाकोटका प्रमुख भूला भण्डारी, मानव अधिकारको लागी महिला एकल महिलाका निवर्तमान केन्द्रिय अध्यक्ष चण्डिका भट्टराई, शिक्षा विकास तथा समन्वयन ईकाईका प्रमुख मदन थापा, नेपाल पत्रकार महासंघ, जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, संस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top