२०८०, १६ चैत्र शुक्रबार

पत्रकारलाई लैङ्गिक उत्तरदायी मिडियामा कार्यशाला

    असार १९ २०७५ १४:१३

Gender on Media Response Workshop
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । नुवाकोट जिल्लामा कार्यरत पत्रकारहरुलाई लैङ्गिक समानतामा मिडियाको भूमिका विषयक सम्बन्धि एक दिने कार्यशाला सम्पन्न भएको छ ।

कार्यशालामा संचारमाध्यम र पत्रकारले महिला र महिला हकहितको बारेमा संयमित र संवेदनशील भएर समाचारको सम्प्रेषण, विभेद र लैङ्गिक समानताको विषयमा कार्यशालामा जानकारी दिईएको प्रशिक्षक राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोधादेवी  तिम्सिनाले बताउनुभयो ।

नुवाकोटको पत्रकारिता क्षेत्रमा विगत र वर्तमान अवस्थामा देखिएको समस्या र महिला पत्रकारहरुको चुनौंति विषय लगायतका विषयमा नेपाल पत्रकार महासंघ, जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिनुभएको थियो ।

कार्यशालामा अक्सफाम केन्द्रिय कार्यालयका ईन्दिरा फुयाँल, सहायता सामाजिक संस्थाका कार्यकारी निर्देशक अञ्जली पाण्डे, महिला एकल महिला महासंघका अध्यक्ष देवकी पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top