२०७८, १ बैशाख बुधबार
Bidur Tax Consultancy Service

एकल महिलालाई क्रिष्टल माला बनाउने तालिम सुरु

डबली खबर     असार १७ २०७५ २२:१०


Trishuli Web Design Services in Nuwakot

विदुर । एकल महिलाहरुको सिप तथा क्षमता अभिवृद्धि गराई आत्मनिर्भर बनाउने उदेश्यले एकल महिला नुवाकोटको आयोजनामा क्रिष्टल माला बनाउने तालिम सुरु भएको छ ।

मानव अधिकारको लागि सिपमूलक तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतारी जिविकोपार्जन सहज भई स्वावलम्बी हुन मद्दत मिल्ने महिला एकल महिला नुवाकोटकी अध्यक्ष देवकी पौडेलले बताउनुभयो । बजारमा सुनचाँदीका गरगहना भन्दा पनि क्रिष्टलका मालाको माग बढिरहेकोले एकल महिलाले बनाएको मालालाई बिक्री गर्न बजारीकरणको अभाव नभएको पौडेलले बताउनुभयो ।

अब एकल महिलाको लागि छुट्टाईएको बजेटमार्फत सिप विकास, जिविकोपार्जनको लागि कुखुरा, बाख्रापालन व्यवसाय लगायतका तालिम सञ्चालन गरि एकल महिलाहरु स्वाबलम्बी बन्न आवश्यक रहेको पौडेलले बताउनुभयो । एकल महिलाको लागी बजेट छुट्टाईएको स्थानीयतह तथा वडाहरुमा सिप तथा क्षमता अभिवृद्धिको लागी प्रशिक्षण दिन प्रशिक्षकहरु खटाउन आफुहरु प्रयासरत रहेको संस्थाकी अध्यक्ष पौडेलले बताउनुभयो ।

तालिम विदुर नगरपालिकाको सहयोगमा विदुर नगरपालिकाको विदुर, दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटार, बेलकोटगढी नगरपालिकाको दुईपीपल र तार्केश्वर गाउँपालिकाको बुधसिंहमा गत असार १० गतेदेखि सुरु भएको तालिम असार २५ गतेसम्म संचालन हुने महिला एकल महिला नुवाकोट जानकारी दिएको छ ।

तालिममा विदुरनगरपालिका भित्रका १० जना एकल महिलाहरुको सहभागीता रहेको जनाएका छन् ।

तालिममा सहभागी एकल महिलाहरुले तालिमले आफुहरुमा भएको सिप तथा क्षमतालाई उजागर गरेको र व्यवसायिक सोचको विकास गरेको बताएका छन् ।

तालिममा प्रशिक्षक अम्बु थापामगरले प्रशिक्षण दिएर सहजिकरण गरिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz


Top