विदुर । नुवाकोट जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न पटकपटक मिति तोक्दै करिब एक वर्षपछि यहि असार २८ गते खुल्ला दिसामुक्त हुने भएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नुवाकोटका प्रमुख मोहनलाल जैशीले जिल्ला खानेपानी तथा सरसफाई एवम् स्वच्छता समन्वय समिति (डि-वास-सीसी) को नुवाकोट जिल्लालाई असारमसान्तभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय बमोजिम नुवाकोटका १२ वट्टै स्थानीयतहका प्रमुख र उपप्रमुखहरुसँग गत बिहिबार गरिएको बैठकबाट खुल्ला दिसामुक्त जिल्ला घोषणाको दिन तय हुन गएको बताउनुभयो । नुवाकोटमा शतप्रतिशत घरमा शौचालय निर्माण भएपनि प्राविधिक समस्या देखिएकोले जिल्लालाई दिसामुक्त क्षेत्र घोषणा गर्न ढिलाई भएको बताउनुभयो ।
नुवाकोट जिल्लामा दुप्चेश्वर गाउँपालिकालाई पहिलो खुला दिसामुक्त घोषणा भएको हो । दुप्चेश्वर गापाबाट शुरु गरिएको यस अभियानले नुवाकोटमा एघारौं स्थानीयतह घोषित भईसकेको हुनाले यहि असार २८ गतेका दिन नुवाकोटलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न लागिएको हो ।
फाईल फोटो
नुवाकोट जिल्लाकै एक मात्र खुल्ला दिसामुक्त घोषणा हुन बाँकी बेल्कोटगढी नगरपालिकालाई यहि असार २१ गतेका दिन खुल्ला दिसामुक्त गर्न लागिएको बेल्कोटगढी नगरपालिकाको कार्यपालिकाको कार्यालयले जनाएको छ ।
आव २०७४/०७५ को असारमसान्तसम्म नुवाकोटलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरी पहिलो चरणको कार्यक्रमले पूर्णता प्राप्त गर्नेछ ।
जिल्ला खानेपानी तथा सरसफाई एवम् स्वच्छता समन्वय समिति (डि-वास-सीसी) का निर्णयहरु
१) डि-वास-सीसीबाट अनुमति पाई घोषणा भएका गाउँ तथा नगरपालिकाको घोषणालाई अनुमोदन गर्ने ।
२) ककनी र बेलकोटगढीलाई क्रमशः असार १७ र २१ गते घोषणाको लागि अनुमति दिने ।
३) डि-वास-सीसीको नाममा रहेको बैक खाताको दस्तखत नमुना कार्ड परिवर्तन गर्ने
४) क्षेत्रीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति (
५) असार महिना भित्रै घोषणा गर्ने गरि प्रमुख अतिथि र मिति आगामी बैठकबाट तोक्ने ।
६) जिल्ला घोषणाको आन्तरिक तयारीलाई तिब्र पार्ने ।
यो पनि पढ्नुहोस्
- नुवाकोटलाई जेष्ठ ८ मा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिंदै
- असोजभित्रै नुवाकोट खुला दिसामुक्त हुँदै
- दिसामुक्त क्षेत्र घोषणामा नुवाकोट बाधक
- उन्मुख सूची नुवाकोट, ११ जिल्ला खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा
- नुवाकोट जिल्लालाई कात्तिक मसान्तसम्ममा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारी तयारी
- नदीमा चर्पीको ढल मिसाइदा खुला दिसामुक्त घोषणा प्रभावित – अध्यक्ष तामाङ
- ढुङ्गे र त्रिशुली बजारको शौचालयको ढल, सीधै त्रिशुली नदीमा
- नुवाकोटका बेलकोटगढी, सुर्यगढी र ककनी दिसामुक्त हुन बाकीँ

फाईल फोटो
प्रतिक्रिया