२०८१, १३ बैशाख बिहीबार

आदिवासी जनजातीको नेतृत्व विकास सम्बन्धि प्रशिक्षण सम्पन्न

    असार १७ २०७५ १२:०९

janajati training nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । २१ औं शताब्दीमा ममता र समानतामूलक संविधानमा सुनिश्चितताको कार्यान्वनको लागि आव्हानको लागि जनजातीहरुको हक अधिकार सुनिश्चित गराउनको लागि क्षमता अभिवृद्धि गर्ने उदेश्यले ५ दिने प्रशिक्षण सम्पन्न भएको छ ।

मानवअधिकार आदिवासी जनजातिको अधिकार व्यवसायको उदेश्य लक्ष्य भूमिका र कृषि, मौसमी एवं बेमौसमी मिश्रित तरकारी उत्पादनको लागत कार्ययोजना लेखन, महिला अधिकार उद्घोषणकला कार्यक्रमको कार्ययोजना, लेखन कला नेतृत्व विकास एम संघियता तथा संविधानका प्रावधान विषयक ५ दिने नगरस्तरको क्षमता अभिवृद्धि तथा सशक्तीकरण प्रशिक्षण कार्यक्रमको ५ दिने प्रशिक्षणमा विदुर नगरपालिकाका १३ वटै वडाबाट प्रत्येक २ जनाको छनौट गरी २६ जना जनजातीहरुलाई प्रशिक्षण दिएको हो ।

समापन कार्यक्रममा विदुर नगरपालिकाका नगर प्रमुख सञ्जु पण्डितले कार्ययोजना लेखन कला नेतृत्व विकास एवम् संघीय तथा संविधानका प्रावधान विषयक प्रशिक्षण लिएर मात्र नभई प्रशिक्षणपश्चात व्यवसायिक काम गरेमा मात्र त्यसले सार्थकता पाउने बताउनुभयो । नगरले गरेको लगानीको राम्रो प्रतिफल आएमा जनजातीहरुको हकअधिकारको लागी विभिन्न प्रशिक्षणको आयोजना गरी सदैव सहयोग गर्न प्रतिबद्दता नगर प्रमुखले व्यक्त गर्नुभयो । प्रशिक्षणबाट प्राप्त सीपबाट व्यवसायिक रुपमा काम गरेमा मात्र आर्थिकस्तर उकास्न मद्दत मिल्ने भन्दै नगरले बेरोजगारीको अन्त्य गर्नको लागी पशुपालन, कृषि लगायतको क्षेत्रलाई प्राथमिकता दिएर आव २०७५/०७६ को बजेट विनियोजन गरिएको नगर प्रमुखले बताउनुभयो ।

यस्तै, कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय परिषद विदुर नगरपालिकाका अध्यक्ष बच्चुमाया सुनारी मगरले आदिवासी जनजातीको सीप, विकास तथा क्षमता अभिवृदि गर्न तालिमको आयोजना गरेको तर नगरभित्रका वडाहरुले नै आफुहरुलाई सहयोग नगरेको गुनासो गर्नुभयो । जनजातीको हक अधिकारको सुनिश्चितताको लागी स्थानीयतहबाट नै असहयोग गरेको मगरले बताउनुभयो । कार्यक्रममा नगरप्रमुख समक्ष नगरभित्रका प्रत्येक वडाबाट आदीवासी जनजाती लक्षित वर्गको लागी रकम छुट्याउन सहजिकरण गरी पहल गरिदिन मगरले आग्रह गर्नुभयो ।

यस्तै, कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगरले प्रशिक्षणबाट उत्पादन भएका दक्षजनशत्तिले समाजको नेतृत्व र क्षमता विकासमा टेवा पुराउनुपर्नेमा जोड दिनुभयो । आदिवासी जनजातीको सशक्तीकरणमा नगर पछाडि परेको बताउंदै आफुले सिकेको सिपलाई सहि रुपमा कार्यान्वायन गरी आर्थिकस्तर वृद्धि गरी आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरुलाई रानामगरले आग्रह गर्नुभयो ।

कार्यक्रममा विदुर नगरपालिका वडा नं ४ का अध्यक्ष टलकमान श्रेष्ठले अधिकार स्थापना गर्न आदीवासी जनजातीले महत्वपुर्ण योगदान गरेपनि अधिकारविहिन हुनुपरेको बताउनुभयो । अधिकार र सत्ता पाउने बेलामा आदिवासी जनजाती थिचोमिचोमा परेको हुनाले पहिचानको लागि सबै एकजुट हुनपर्ने समय आएको श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय परिषद नुवाकोटका उपाध्यक्ष शर्मीला थापा, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य लिलानाथ न्यौपाने लगायतले वर्तमान समयसम्म आदीवासी जनजातीहरु सिमीत क्षेत्रको अधिकारमा बस्नुपरेको भन्दै अब स्थानीय सरकारको कार्यान्वायन भएपछि जनजातीको क्षेत्रमा आएको बजेट रकमको सहि सदुपयोग गरी जनजातीहरुलाई प्रत्येक क्षेत्रमा सक्रिय रुपमा अगाडी बढाउनु पर्ने बताउनुभयो ।

प्रशिक्षकहरु विरवहादुर लामा, भगवान रानामगर, किरण कुवँर र शर्मीला थापाले प्रशिक्षण दिएका थिए ।

नेपाल आदीवासी जनजाती महासंघ नुवाकोटको आयोजनामा भएको प्रशिक्षणमा विदुर नगरपालिकाको सहयोग रहेको थियो ।

Image may contain: 5 people, including Sanju Pandit, people sitting and indoor

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top