२०८१, १३ बैशाख बिहीबार

जुवाखालबाटै ६ को पक्राउ, नगद ५६ हजार ८ सय ७० रुपैंया बरामद

    असार १६ २०७५ २०:०५

play card
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बेलकोटगढी, नुवाकोट । जुवा तास खेलिरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले बेलकोटगढी नगरपालिका-७ रातामाटेस्थित तिलक बहादुर तामाङको घरबाट नगदसहित छ जनालाई रंगेहात पक्रेको छ ।

जिल्लाबाट खटि गएका प्रहरी टोलीले आज दिउँसो २:३० बजे जुवाखालबाटै तास खेल्ने मानिसहरुसहित नगद ५६ हजार ८ सय ७० रुपैंया बरामद गरेको प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

पक्राउ परेका जुवाडेमाथि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top