२०८१, १४ बैशाख शुक्रबार

राष्ट्रिय धान दिवस: स्रस्टाहरु सम्मानित, कृति विमोचन र रचनावाचन

    असार १५ २०७५ २२:०६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार, नुवाकोट । १५ औं राष्ट्रिय धान दिवसको अवसर पारेर नुवाकोट साहित्य प्रतिष्ठानले विगतका वर्षहरु जस्तै श्रष्टा सम्मान कृति विमोचन र रचना वाचन गरी मनाएको छ ।

नेपाली भाषा र नेपाली साहित्यको विकासको निम्ति विभिन्न विधामा कलम चलाउदै आएका देशभरबाट छानिएका श्रष्टाहरुलाई शुक्रवार विशेष कार्यक्रमको बिच सम्मान गरिएको हो । महामण्डल राष्ट्रिय सम्मान–२०७५ काठमाडौँकी हिरण्यकुमारी पाठक, काठमाडौँकै नरेन्द्रबहादुर श्रेष्ठ र इलामका गंगाप्रसाद अधिकारीलाई प्रदान गरिएको नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले जानकारी दिएका छन् । यस्तै युगान्तर वर्ष पुरस्कार–२०७५ खोटाङका रक्ष राईलाई प्रदान गरिएको छ ।

श्रष्टा छनौट समितिका संयोजक श्रीराम श्रेष्ठका अनुसार मकवानपुरका कपिलदेव भट्टराई र दोलखाकी देवकी अभिलाशीलाई महामण्डल युवा साहित्य सम्मान–२०७५ बाट सम्मान गरिएको हो । यस्तै कमलादेवी जननिधि गजुरेल स्मृति साहित्य सम्मान –२०७५को लागि दाङकी भवानी न्यापानेले प्राप्त गरेकी छिन् । यस्तै शोलुखुम्बुका खगेन्द्र खोल्साघरेलाई नगद १० हजार रुपैयाँ सहित नरेन्द्रनाथ बाङ्मय सम्मान प्रदान गरिएको छ भने स्नाकोत्तर तहकोे परीक्षामा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउन सफल धादिङकी लक्ष्मी सुवेदीलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको छ । यस्तै एसइइ परीक्षामा उत्कृष्ट जिपिए ल्याएका सार्थक शाक्य र अविसा ढकाललाई समेत सम्मान गरिएको छ ।

प्रतिष्ठानले वार्षिक रुपमा ५० वर्ष उमेर कटिसकेका तर निरन्तर रुपमा कलम चलाउदै आएका तीन जना सर्जकहरुलाई महामण्डल राष्ट्रिय समहित्य सम्मान र नेपाली साहित्यमा लागेका युवाहरुलाई प्रेरणा दिनको लागि दुई जनालाई महामण्डल युवा साहित्य सम्मान प्रदान गर्दैै आएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले त्रैमासिक रुपमा महामण्डल साहित्यिक पत्रिका प्रकासित गर्दै आएको छ ।

प्रतिष्ठानले नै प्रकासित गर्ने युगान्तर साहित्यिक पत्रिकामा प्रकासित उत्कृट लेख रचनाका सर्जकलाई पनि वार्षिक रुपमा युगान्तर वार्षिक पुरस्कार प्रदान गर्ने गरिएको छ । पुरस्कृतलाई पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष गजुरेलको स्वर्गीय हजुरबा र हजुरआमाको नामबाट स्थापना गरिएको कमलादेवी जननिधि गजुरेल स्मृति साहित्य सम्मान थपिएको हो । कार्यक्रममा रामकृष्ण अमरको सिजोसङ्ग्रह “स्वादमग्न झुपडी”, अन्जु सापकोटा अनुको मुक्तकसङ्ग्रह “अधुरो सपना” र श्रीराम श्रेष्ठको सिजोसङ्ग्रह “आत्तिएको सडक” को समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा नुवाकोट सहित विभिन्न जिल्लाका सर्जकहरुले आफ्नो सिर्जना बाचन गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top